लालझाडीमा यस्तो छ गौराको रौनक ; पालिका अध्यक्ष रानाले गरे देउडा खेल्दै गौरा पर्वको उद्घाटन

कञ्चनपुर: मंगलबार लालझाडी गाउँपालिका वडा नं ५ देखतभुलि स्थित बैजनाथ सिद्वनाथ मन्दिर प्राङ्गणमा नन्द मा.वि चोक मा पालिका स्तरीय देउडा प्रतियोगिता २०८१ उद्घाटन गरिएको छ। सभाअध्यक्षता दिलिप सिह ढाट, गाउँपालिका अध्यक्ष निर्मल रानाको प्रमुख आतिथ्यमा मंगलबार कार्यक्रम को उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रम मा ५ नं. वडा अध्यक्ष पहल बहादुर थापा, लालझाडीका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, विभिन्न राजनीति दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, देउडिया, स्थानीय बासिन्दाहरुको उपस्थिती देखिएको थियो।

मंगलबार सुरु भएको गौरा कार्यक्रम भदौ १३ गते समापन हुनेछ। देउडा प्रतियोगितामा नगद पुरस्कार समेत राखिएको छ। यसपालि गौरा पर्व विशेष मेला नन्द मा.वि चोक र गडविजुला टोल को बैजनाथ सिद्वनाथ मन्दिरमा हुदैछ। पालिका अध्यक्ष राना लगायतको टिमले देउडा खेलेका छन्। लालझाडीमा गौराको रौनक बढेको छ। जिल्लाका विभिन्न ठाउबाट देउडाप्रेमीहरु आईरहेको आयोजकले जनाएको छ। विविधतामा एकता लालझाडीमा झल्किएको, सबै जातजातिको चाडपर्व लालझाडीमा विशेष रुपमा मनाईने पालिका अध्यक्ष रानाले बताएका छन्।

Facebook Comments Box