कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. १ बण्ड/निगाली मा रहेको श्री कालिका माध्यमिक विद्यालय को दुई कोठे बालमैत्री नवनिर्मित भवन सहित मुल गेट उद्घाटन गरिएको छ। वर्ल्ड भिजन नेपालको आर्थिक तथा प्राविधिक सहयोग,नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरको (NNSWA) साझेदारी, कृष्णपुर नगरपालिकाको समन्वय तथा कालिका माध्यामिक विद्यालयको सहकार्यमा सप्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष धन बहादुर बोहराको अध्यक्षता, कृष्णपुरका नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच उक्त दुई कोठे पक्की भवन र मुल गेटको उद्घाटन गरिएको हो। कार्यक्रममा वल्ड भिजनका निमित्त फिल्ड व्यवस्थापन नारद मलासी, NNSWA का अध्यक्ष माया सार्की, कृष्णपुर १ का वडा सदस्य मदन बहादुर थापा, वडा सदस्य दुर्गा लुहार, संस्थापक विद्यालय व्यवस्थापन समिती अध्यक्ष शिवराज पन्त, NNSWA का कार्यकारी निर्देशक विनोद विक्रम जैरु वल्ड भिजन कञ्चनपुरका फोकल पर्सन सुरज शर्मा, सेफर परियोजना संयोजक रामेश्वर जैरु, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु दत्त जोशी, विभिन्न विद्यालयका शिक्षक, राजनितीक दल, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

कालिका माध्यामिक विद्यालयमा दुई कोठे भवन सस्थाको सहयोगमा र मुल गेट नगरपालिकाको सहयोग निर्माण गरिएको हो। बालबालिकाहरुको लागि राम्रो भवन बनेको र अब विद्यालयका शिक्षकहरुले सिकाईमा जोड दिनुपर्ने नगर प्रमुख ओझाले बताएका छन्। दुई कोठे भवन ३६ लाख लागतमा निर्माण गरिएको NNSWA का परियोजना संयोजक रामेश्वर जैरुले जनाएका छन्। विद्यालय व्यवस्थापन समिती अध्यक्ष र अभिभावकले भवन निर्माण भएकोमा खुशी व्यक्त गरेका छन्।