जापानको ‘चुरुमाई पार्क नागोया’ मा १२ सदस्यीय सुदुरपश्चिम नागोया समाज गठन

जापान: चुरुमाई पार्क नायोगा’जापान’मा सुदुरपश्चिम समाज गठन गरिएको छ। हिजो सेप्टेम्बर १ मा दिन जुरुमाई पार्कमा १२ सदस्यीय समिती गठन गरिएको हो।

सुदुरपश्चिम समाज नागोया को अध्यक्षमा दिपेन्द्र खड्का, उपाध्यक्ष कुल रावल र रोहित थापा, सचिब :गजेन्द्र रावल, सह-सचिव:प्रकाश भट्ट र माधव जोरा, कोषाध्यक्ष सुशिल न्यौपाने, सदस्यमा क्रमश: चक्र धामी, दिपेन्द्र बिष्ट,गोकुल साउद, महेश खड्का, बिकास शाहि सहित १२ सदस्यीय समिती गठन गरिएको हो। त्यस्तै सल्लाहकार समितिमा प्रबिन ओझा, हरिश पाण्डे, महेश खड्का, नवराज शाही, राजेश जोशी र दुर्गेश चयन भएका छन्।

सदुरपश्चिम समाजका निम्न उदेश्य रहेका छन्।
उदेश्यहरु:१)जापानमा रहेका नेपाली विद्यार्थीहरु र रोजगारिको सिलसिलामा आउनु भएका नागरिकहरुको वृद्धि बिकास र शैक्षिक सुधारका निम्ति आवस्यक परामर्श र सहयोग गर्ने।
२)जापानमा रहदै आएका नेपाली नागरिकहरुले आर्जन गरेको अनुभव सीप र ज्ञानको नेपाली समाजमा प्रयोग गर्ने सुदुरपशिम प्रदेश सरकारसंग समन्वय गर्ने।
३)नेपालि विद्यार्थीहरुको भैपरी आउने समस्याहरु समाधानको निम्ति आर्थिक कोष निर्माण गर्ने।
४)जापानमा नव आगन्तुक विद्यार्थीहरुको बेरोजगारीको समस्याहरु र रोजगार गरिरहेका विद्यार्थीहरुको कामको सिलसिलामा आउने समस्याहरुको समाधानको निम्ति “fast action team”निर्माण गर्ने।
५)सुदुरपशिमको संस्कृती पहिचान र भेस भुसाको जगेर्ना गर्ने उदेश्यले विभिन्न सास्कृतिक कार्यक्रमहरु गर्ने।
६)प्रवाशी नेपालीहरुको आम्दानीलाई नेपालमै लगानी गर्ने लगानी मैत्री र प्रबिधी मैत्री वातावरणको सिर्जना गर्ने। ७)सुदुरपश्चिम प्रदेश सरकारसंग आवस्यक छलफल अगाडि बढाउने।

समाजले रोजगारी या अध्ययनको सिलसिलामा जापानमा रहेका सुदूरपश्चिमेलीहरुलाई कुनै समस्या भए आफ्नो अध्यक्ष दिपेन्द्र खड्का नम्बर ०८०९८३१४७२३, उपाध्यक्ष कुल रावलको नम्बर ०९०९१९५२१९९ र सचिव गजेन्द्र रावलको नम्बर ०७०४८१७५२०६ मा सम्पर्क गर्न अनुरोध गरेका गरेका छन्। रोजगारी र अध्ययनको शिलशिलामा जापान आएका नेपालीहरुलाई सक्दो आवश्यक सहयोग गर्ने अध्यक्ष खड्काले बताएका छन्।

Facebook Comments Box