कृष्णपुर: कञ्चनपुरको एक सामुदायिक क्याम्पस प्रमुखमा नयाँ प्राद्यापकलाई जिम्मेबारी दिईएको छ। कृष्णपुर नगरपालिका २ बंकमा रहेको उदय सरस्वती क्याम्पस प्रमुखमा मनोज भट्टलाई जिम्मेवारी दिईएको हो।



क्याम्पस सञ्चालक समितिले प्राध्यापक भट्टलाई क्याम्पस प्रमुखको जिम्मेबारी दिएको क्याम्पसले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त उदय सरस्वती क्याम्पस प्रमुखको भट्टलाई सोमबारदेखि जिम्मेबारी दिएको छ।

सुदूरपश्चिम एकेडेमी (एसपिए) बिबिएस संकायका कार्यक्रम संयोजक रमेत रहेका भट्टलाई क्याम्पस प्रमुखको जिम्मेबारी दिईएको हो । उदय सरस्वती क्याम्पस प्रमुखको जिम्मेबारी पाएका मनोज भट्टले क्याम्पसको बृद्धि विकासका साथै शैक्षिक सुधार र बजारको माग अनुरुप जनशक्ति उत्पादन गर्ने प्रण गरेका छन। उदय सरस्वती क्याम्पस प्रमुख संचालक समितिका अध्यक्ष बीर बहादुर चन्द सहितका सदस्य एव क्याम्पसका शिक्षक कर्मचारी सहभागि भएका थिए।