कृष्णपुरमा निशुल्क आँखा शिविर सञ्चालन शुभारम्भ

राजघाट: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सोमबार देखि निशुल्क आँखा शिविर सञ्चालन कार्यक्रम शुभारम्भ गरिएको छ। कृष्णपुर नगरपालिकाको आयोजना तथा च्यारिट हेल्थ फाउन्डेसन नेपालको सहयोग र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा हिजो सोमबारदेखि वडा नं. ९ बाट निशुल्क आँखा शिविर संचालन भएको छ।

निशुल्क आँखा शिविरको सोमबार एक कार्यक्रमका बिच कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले उद्घाटन गरेका छन्। भदौ १७ देखि सुरुवात भएको उक्त निशुल्क आँखा शिविर असोज ७ गते सम्म कृष्णपुरका ९ वटै वडामा सञ्चालन रहनेछ। भदौ १७ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र राजघाट, १८ गते सरस्वती आ.वि पिपरिया, १९ गते रैकवार विचवा स्वास्थ्य चौकी; बिचवा, २० गते आधारभूत स्वास्थ्य सेवा केन्द्र कलुवापुर, २४ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र मौरीफाटा, २५ गते सामुदायिक भवन बन्जरिया, २६/२७ गते कृष्णपुर स्वास्थ्य चौकी, गुलरिया, २८ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र मालुवेला, ३० गते आधारभूत स्वास्थ्य सेवा केन्द्र साहारानगर, ३१ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र कटान, १ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र गडविजुला, २ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र नन्दिपुर, ४ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र निगाली, ६ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र दोमिल्ला र ७ गते गाउँघर क्लिनिक कुमगडा मा सञ्चालन हुदैछ।

स्वास्थ्य सेवा घरघरमा पुर्याउने योजनाका साथ कृष्णपुरमा निशुल्क आँखा शिविर सञ्चालनमा ल्याएको साथै विपन्न परिवारका नगर बासिन्दाहरुलाई आँखा शिविर लाभदायक हुने मा आफू एकदमै विश्वस्त रहेको कृष्णपुरका नगर प्रमुख हेम राज ओझाले बताएका छन्।

Facebook Comments Box