पुनर्वास: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पुनर्वास नगरको अध्यक्षमा सुशिल लुहार चयन भएका छन। अखिल क्रान्तिकारी पुनर्वास नगरको दोस्रो अधिवेनबाट अध्यक्षमा लुहार चयन भएका हुन।
अखिल क्रान्तिकारी कञ्चनपुरका सह संयोजक दल बहादुर धामी(अबिरल)ले नगर कमिटिमा सहमतीय आधारमा पदाधिकारी सहित सदस्य चयन गरिएको बताए। उनका अनुसार बरिष्ठ उपाध्यक्ष श्याम बयाडी, उपाध्यक्षत्रय सुस्मिता गुरुङ्ग, लावनिया थापा, तेज विष्ट, सचिव गिता देवकर, सह सचिव अरुण सिलवाल र कोषाध्यक्ष धर्म उपाध्याय सहित ४० सदस्य रहेका छन।
त्यस्तै गरि अखिल क्रान्तिकारी जनता क्याम्पसको समेत मुल इकाई कमिटि विस्तार गरिएको छ। अध्यक्षमा स्वतन्त्र विश्वकर्मा, बरिष्ठ उपाध्यक्ष सबिना अधिकारी, उपाध्यक्षद्वय ईश्वरा साउद, उर्मिला गिरी, सचिव प्रविन भुल, सह सचिव ईसाउ साउद, कोषाध्यक्ष सारदा रोकाया रहेका छन।