कञ्चनपुर: कृष्णपुर नगरपालिकामा एक जना बालिका बलात्कृत भएकी छन्। कृष्णपुर-२ वाणी की स्थानिय बालिकालाई सोही ठाउँका दुई युवाहरुले जबरजस्ती बलात्कार गरेको पिडितकी आमाले बताएकी छन्।
पिडित १७ बर्षिया बालिकाकी आमाले कृष्णपुरका २३ बर्षिया रमेश चौधरी र २७ बर्षिया सुरेश चौधरीका नाममा ईलाका प्रहरी कार्यालय झलारीमा छोरीलाई जबरजस्ती बलात्कार गरेको भन्दै उजुरी दिईएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक कृष्ण श्रेष्ठले बताएका छन्। २१ गते साँझ बालिका बसिरहेको घरमै युवाहरुले जबरजस्ती बलात्कार गरेको पिडित पक्षको आरोप छ।
‘फोन गरेर काम छ भनि आगनमा बोलायो, मोबाइल नियन्त्रणमा लियो, जंगलमा लगेर जबरजस्ती गर्यो,’ पीडितकी आमाले भनिन्। उनीहरुलाई कारबाही हुनुपर्ने पीडित पक्षको माग छ। बालिका अष्टमी मनाउन माइजु घर आएकी थिइन्। घटनामा संलग्नहरुलाई ईलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरी छानविनका लागि जिल्ला अदालतबाट ५ दिने म्याद थप गरेको छ। आरोपी युवाहरुलाई पिडितको उजुरीका आधारमा पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।