नेपाल विद्यार्थी संघद्वारा कञ्चन क्याम्पसलाई पुस्तक वितरण

सुनिल ऐर/ई.एन नेपाल डटकम

कञ्चनपुर: नेपाल विद्यार्थी संघ कञ्चनपुरका जिल्ला सचिव एवम् कञ्चन बहुमुखी क्याम्पस गुलरियाका ईकाई कार्य समिति सभापति दिनेश भट्टले विद्यार्थीहरु परिवर्तनका वाहक, ज्ञानको खोजीमा अडिग रहनु, देशको समृद्धि र प्रगतिको लागि आफ्नो जिम्मेवारी बहन गर्नु प्रमुख दायित्व हो भन्दै विपि कोईरालाको १११ औ जन्मजयन्तीको अवसरमा नेवि संघको तर्फबाट कञ्चन बहुमुखी क्याम्पसलाई ५८ थान पुस्तक उपलब्ध गराएका छौ। म विपिको अनुयायी भएकाले,उहाको शिक्षा विश्वास र समाजसेवाको मार्गलाई आत्मसात गर्दै क्याम्पसको विकासमा सधै विद्यार्थीको क्षमताले सक्दो सहयोग गरिरहेको छु/गर्नेछु सभापति भट्टले बताए।

क्याम्पसलाई पुस्तक हस्तान्तरण गर्न पाउँदा आफूलाई खुसी महशुस भएको बताउदै आगामी दिनमा पनि क्याम्पस र विद्यार्थीका हकका निम्ति आफूले सक्ने जति गर्नै भन्दै आफूलाई विद्यार्थीहरु,क्याम्पस र अन्य अग्रज व्यक्तित्वको सहयोगको आवश्यक रहेको समेत भट्टले बताए।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँगेस कञ्चनपुर क्षेत्र न.२ का प्रदेश (क) सभापति पुरन खड्काले पनि नेवि संघले यस्तै कार्यहरु गरेकोमा खुसी लागेको बताए।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य लेखराज जोशीले हामीले विपि कोईरालालाई राजनितीक आदर्शको रुपमा मान्दै आएको र उनको राननिति र साहित्य मा देश र लोकतन्त्रका लागि ठुलो योगदान रहेको बताए।

उनको साहित्यमा राजनिती र राजनितीमा साहित्य छैन फरक फरक विधाका रुपमा विश्लेषण गरेको बताए,त्यसैले विपि बहुआयामिक व्यक्तित्वको रुपमा रहेको बताए।

उहाँलाई काँग्रेसको मात्र आदर्शका रुपमा चिनिदैन उहाँलाई राष्ट्रकै आदर्शको रुपमा हेर्ने र क्याम्पसलाई विपि १११ औ अवसर पारेर क्याम्पसका लागि विभिन्न ठाउँबाट सहयोग मागि /जुटाई क्याम्पसका लागि पुस्तक उपलब्ध गराएकोमा इकाई कार्यसमितिका सभापति दिनेश भट्ट र नेवि संघलाई धन्यवाद प्रकट गरेका छन्।

आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गरि क्याम्पस र विद्यार्थीका हितमा काम गर्ने छ भन्दै आफ्ना तर्कबाट पनि विभिन्न निकायबाट क्यामपसका लागि गर्न सकिने सहयोगका लागि प्रतिबद्धता गरेको छ। उक्त पुस्तक हस्तान्तरण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारी,क्याम्पस प्रमुख, प्राध्यापक ,स्ववियु र विद्यार्थीहरुको उपस्थितिमा क्याम्पसलाई नेवि संघ वाट ५८ थान पुस्तक उपलब्ध गराएको जानकारी इकाई कार्यसमितिका सभापति भट्टले बताए।

Facebook Comments Box