कृष्णपुरमा निशुल्क आँखा चेकजाँच शिविर; झण्डै २ हजार बढी स्थानीय लाभान्वित

गुलरिया: कृष्णपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय गुलरिया कञ्चनपुर को आयोजनामा निशुल्क आँखा चेकजाँच शिविर सञ्चालन भईरहेको छ। गत भाद्र १७ गते देखि कृष्णपुर-९ राजघाट बाट शुभारम्भ भएको आँखा चेकजाच शिविर कार्यक्रम प्रत्येक वडामा सञ्चालन गरिने छ। आज कृष्णपुर-५ को कृष्णपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालित छ; भोलि पनि कृष्णपुर स्वास्थ्य चौकीमै शिविर रहने कृष्णपुर नगरपालिकाले जनाएको छ।

च्यारिटी हेल्थ फाउन्डेसन नेपाल र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा निशुल्क आँखा चेकजाँच शिविर कृष्णपुरमा सञ्चालित छ। निशुल्क आँखा चेकजाँच शिविरमा आँखा चेकजाँच परामर्श तथा औषधि वितरण चस्मा वितरण र अप्रेसन गर्नुपर्ने विरामीको अप्रेसन समेत निशुल्क रुपमा हुने कृष्णपुरका नगर प्रमुख हेम राज ओझाले बताएका छन।

आजसम्म जम्मा १ हजार ९ सय ९४ जनाले सेवा लिएको जसमध्ये ६४७ पुरुष र ३२७ महिला रहेको कृष्णपुर स्वास्थ्य शाखा प्रमुख रतन सिह बिष्टले बताएका छन्। त्यस्तै १२९ जनालाई निशुल्क चस्मा र १७८ जनालाई निशुल्क अप्रेसन का लागि रिफर गरिएको समेत बिष्टले बताए।

अति विपन्न असहाय र गरिव नगरपालिका बासीका लागि कृष्णपुरमा निशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरेको साथै नागरिक खुशी देखिएका नगर प्रमुख हेम राज ओझाले बताएका छन्। असोज ७ गते कृष्णपुर-१ को गाउँघर क्लिनिक कुमगडामा सेवा उपलब्ध गराई निशुल्क आँखा चेकजाच शिविरको समापन हुनेछ।

Facebook Comments Box