कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ मा ६० औ बाल दिवस विविध कार्यक्रम गरी मनाईएको छ।वक्तृत्वकला र सांस्कृतिक कार्यक्रम आयोजना गरेर कार्यक्रम मनाईएको हो। वडा बाल सन्जाल कृष्णपुर-२ NNSWA, World Vision र साथी को साझेदारीमा बाल दिवस मनाईएको हो। कार्यक्रम सोनिया विक को सभाअध्यक्षता, वडा अध्यक्ष अर्जुन सिह साउदको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो। विभिन्न सामुदायिक र सस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागीता समेत रहेको थियो।
बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगितामा जम्मा १६ जना सहभागी मध्ये सरस्वती मा.वि का छात्र मिलन न्यौपाने प्रथम, उदय मा.वि कि छात्रा विमला भट्ट द्वितीय, उदय मा.वि कै छात्रा मनिसा उपाध्याय तृतीय र रोजि मा.वि का विष्णु देव गिरीले सान्तोना स्थान हासिल गरेका छन्।
निर्णायकमा [पुर्व क्याम्पस प्रमुख कञ्चन क्याम्पस]जगदीश प्रसाद भट्ट, साथी संस्थाका कमल प्रसाद जोशी र NNSWA का मिठुठ हुडके रहेका थिए। त्यस्तै कार्यक्रम मा स्वागत मन्तव्य दिपेश उपाध्यायले राखेका थिए। कार्यक्रम उद्घोषक टेक राज जोशी रहेका थिए। प्रतियोगितामा प्रथम हुनेलाई नगद २ हजार, द्वितीय हुनेलाई १ हजार ५ सय, तृतीय हुनेलाई १ हजार र सान्तोनालाई ५ सय पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको हो।
बाल दिवस कार्यक्रममा बोल्दै बालबालिकाका हक हितका लागि वडा कार्यालय सदैव तयार रहेको वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्।
त्यस्तै कृष्णपुरको वडा नं. ४ र ५ मा पनि विविध कार्यक्रम गरि बाल दिवस मनाएको छ। अन्य वडाहरुमा पनि बाल दिवस मनाईएको छ।