शंकरपुर: कञ्चनपुरको लालझाडी गाँउपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । आज आईतबार लालझाडी गाँउपालिकाको आयोजना र बेलौरी अनलाईन खबर प्रा.ली को सहजिकरणमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गत आर्थिक बर्ष ०८०/०८१ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले गाँउपालिकाको लक्ष्य भन्दा आन्तरिक आम्दानी बृद्धि भएको बताउनुभयो। खोलानाला ठेक्का लगाउँदा आन्तरिक आयमा पनि बृद्धि भएर १ करोड २९ लाख रुपैया जम्मा भएको बताएका छन्।
प्रमुख प्रशासकीय अधिकृत सार्कीले ८२.८९ प्रतिशत वित्तिय प्रगति भएको बताए। कुल ४४ करोड, ५० लाख बजेट बाट झण्डै ३७ करोड, ५ लाख खर्च भएको बताएका छन्। प्रमुख प्रशासकीय अधिकृत गाँउपालिका अध्यक्ष बीच कार्यसम्पादन सम्झौता अनुरुप वित्तिय प्रगति पनि भएको बताए।
न्यूनतम स्रोत साधनका विच अधितक काम गर्नुपर्ने बाध्यता रहेको भन्दै त्यसका बाबजुतपनि सुशासनदेखि विकास निर्माणका योजना सन्तोषजनक सम्पन्न भएको बताए। कार्यक्रममा उपप्रमुख सपना राना(चौधरी)ले स्वागत मन्तव्य राख्दै महिला क्षेत्रमा कामकाज भईरहेको बताएकी छिन्।

स्थानीयहरुले उपस्थिति नै कम भएकाले आगामी दिनमा नागरिकको उपस्थिति बृद्धिका साथै गाँउपालिकाले सडक, कृषि, पर्यटन बृद्धि विकासका जोडदिए। कार्यक्रममा नागरिकले सोधेका प्रश्न को जवाफ दिर्दै लालझाडी गाँउपालिका अध्यक्ष निर्मल रानाले स्थानीय सरकार संचालन ऐन ०७४ अनुरुप पालिकाबाट विभिन्न विकास निर्माणका कामकाज अघि बढाएको बताएका छन्। सडक, तटबन्ध, कृषि, शिक्षा , स्वास्थ्य लगायतका समाजिक बृद्धि विकासमा क्षेत्रमा काम गरेको बताए। सामुदायिक वनले पालिकाले १०प्रतिशत रकम बुझाउन आनाकानी गरिरहेको भन्दै कडाई गरिने बताए। बेलौरी अनलाईनका संञ्चालक माधव पौडेल र पत्रकार नवराज अवस्थीले कार्यक्रम मा सहजीकरण गरेका थिए। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाउँपालिका कर्मचारी, स्थानीयको सहभागिता रहेको थियो।