सनलाईट पब्लिक स्कुलले मनायो राष्ट्रिय विज्ञान दिवस

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणीमा रहेको श्री सनलाईट पब्लिक स्कुलले १२ औ राष्ट्रिय विज्ञान दिवस मनाएको छ। विद्यार्थीहरुले आविष्कार गरेका विज्ञान सामाग्री प्रदर्शनी गरिएको थियो। राष्ट्रिय आविष्कार केन्द्र, गोदावरी आविष्कार केन्द्र को साझेदारीमा विविध कार्यक्रम का साथ राष्ट्रिय विज्ञान दिवस मनाईएको हो।

विज्ञान तथा प्रविधि विकास र उत्पादन वृद्धि भन्ने मुल नाराका साथ आज मंगलबार सनलाईट पब्लिक स्कुलको आयोजनामा १२ औ राष्ट्रिय विज्ञान दिवस मनाईएको छ। विज्ञान सामाग्री प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरुले अटोमेटिक विद्युतीय यन्त्र, रकेट उडान परिक्षण, सेन्सर जडित यन्त्रको प्रदर्शनी, चित्रकला लगायतका प्रदर्शनी प्रस्तुत गरेका थिए।

विद्यालयका विद्यार्थीलाई टेक्नोलोजीमा कसरी अघि बढाउन सकिन्छ; त्यो सिकाउनका लागि स्कुलमा कार्यक्रम सञ्चालन गरिरहेको टेक्नोलोजीको सामान्य सिकाई बारे विद्यार्थीलाई सिकाउने गरेको गोदावरी आविष्कार केन्द्रका ईन्जिनियर प्रकाश महताले बताएका छन्।

राष्ट्रिय विज्ञान दिवसको अवसरमा सनलाइट पब्लिक स्कुलले विद्यार्थीहरूका विज्ञान क्षमता सित रुचि भएका विभिन्न रुचिहरुलाई उजागर गरि उनिहरुका क्षमता लाई सार्वजनिक गर्न खोजेको साथै विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन खोजेको सनलाईट पब्लिक स्कुलका प्रिन्सिपल अक्कल बहादुर रोकायाले बताएका छन्।

Facebook Comments Box