कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ बंकका मृगौला पिडित दिपक सिह भाटलाई जय महाकाल युवा समूह कञ्चनपुर कमिटीले आर्थिक सहयोग गरेको छ। ई.एन नेपाल अनलाईन मार्फत महाकाल टिमले भाटलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
जय महाकाल टिमले भाटलाई ४ हजार सहयोग गरेको छ। असहाय, पिडित नागरिकको सहयोगका लागि सदैव सहयोग गर्न तयार रहेको जय महाकाल युवा समूह कञ्चनपुरका अध्यक्ष हर्क बहादुर बोहराले बताएका छन्।