कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणी मा रहेको श्री कालिका ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले आज शनिवार २० औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सरस्वती मा.वि को सभाहलमा वार्षिक साधारण सभा सम्पन्न भएको हो। कालिका ग्रामीण विद्युत का अध्यक्ष प्रेम बहादुर सिहको सभाअध्यक्षतामा सुरु भएको कार्यक्रममा कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिह साउद प्रमुख अतिथी रहेका थिए। विशिष्ट अतिथिमा कालिका विद्युत सहकारीका संस्थापक अध्यक्ष शेर बहादुर सिह, वाणी विद्युतका अध्यक्ष जय बहादुर महता, युवा समाजसेवी मनोज बिष्ट, पुर्व पदाधिकारी, उपभोक्ता लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथी कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिह साउदले २०औ वार्षिक साधारण सभाको उद्घाटन गरेका थिए। कार्यसमिति सचिव लिलादेवी पन्तले स्वागत मन्तव्य राखेकी थिईन; त्यस्तै आर्थिक प्रतिवेदन प्रस्तुत लेखा समिती सदस्य विश्वेवर प्रसाद पन्तले गरेका थिए। अध्यक्ष सिहले आ.व २०८१/८२ को अनुमानित आय-व्यय प्रस्तुत गरेका छन्। आ.व २०८१/८२ को अनुमानित आय तर्फ २४ लाख ६१ हजार र व्यय तर्फ २० लाख ८७ हजार साथै वार्षिक बचत ३ लाख ७४ हजार अनुमानित राखिएको छ।
त्यस्तै आगामी वार्षिक कार्ययोजना तर्फ संस्थाको सेवा क्षेत्र भित्र जनघनत्व वृद्धि भई विद्युतीय चाप बढेको हुनाले नयाँ ट्रान्सर्फमर जडान गरि विद्युत आपूर्तिमा सहजता ल्याईने, सहकारी संस्थाको सेवा क्षेत्रभित्र विद्युतीय लाईन आवश्यकता अनुसार विस्तार गरिने, विद्युत संग संबंधित विभिन्न सहजताहरु का लागि स्थानीय निकाय र नेपाल विद्युत प्राधिकरण संग समन्वय तथा सहयोग का लागि अनुरोध गर्ने, संस्थाको सेवा क्षेत्रभित्र आवश्यकताअनुसार सडक बत्तीको विस्तार गर्ने, संस्थाको सेवा क्षेत्रभित्रको लाईनमा परेका झाडीहरुको बुसकटिङ गरि विद्युत चुहावट नियन्त्रण गर्ने र संस्थाको चौतर्फी विकासका लागि नियम अनुसार कामकारवाहीहरु कार्यान्वयनमा ल्याईने बताईएको छ। विद्युत महसुल नतिरेका उपभोक्ताहरुको लाईन काट्ने, आ.व २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन लगायत साधारण सभा बाट अनुमोदन गरिएको छ।संस्थापक तथा पुर्व अध्यक्ष लाई समेत सम्मान गरिएको छ। सस्थापक अध्यक्ष शेर बहादुर सिह लगायत अन्य पुर्व अध्यक्ष हरुलाई विद्युत सहकारीमा पुर्याएको योगदानको कदर सहित सम्मान गरिएको थियो। कार्यालय सचिव मा सुधार आएकाले सचिवमा यथावत राखेको समेत अध्यक्ष सिहले बताएका थिए।कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै वडा अध्यक्ष अर्जुन सिह साउदले अब विद्युत सहकारी प्रविधी मैत्री हुनु पर्ने, वडा कार्यालयबाट आवश्यक पर्ने सहयोग गर्ने तयार रहेको बताएका छन्। पुर्व अध्यक्ष लक्ष्मी दत्त जोशीले संस्थाको रकम संस्थामै फिर्ता ल्याउन पुर्याएको योगदान अतुलनीय रहेको समेत अध्यक्ष साउदले बताए। वार्षिक साधारण सभा समयमै गर्ने वडा भित्रका ७ विद्युत सहकारी मध्ये कालिका अग्रणी स्थानमा रहेको र अब कालिका विद्युतले थप प्रगती गर्नुपर्ने समेत वडा अध्यक्ष साउदले बताएका थिए। साधारण सभाको सञ्चालक बासुदेव भट्ट रहेका थिए।
कञ्चनपुर: नेपाल रानाथारु समाजको ७ औं महाधिवेशनलाई एक समुहले बहिष्कार गर्दै नेपाल रानाथारु समाजको कैलाली-कंचनपुरको केन्द्रिय समानान्तर समितीका अध्यक्ष रबि…