कञ्चनपुर: आज शनिबार एन.प्याब्सन कृष्णपुर युनिट को आयोजनामा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ। सभापति टेक राज भट्ट, प्रमुख अतिथी कृष्णपुर नगर उप-प्रमुख द्रोपती राना, विशिष्ट अतिथि जिल्ला खेलकुद संघ कञ्चनपुर अध्यक्ष कुबेर खडका, वडा नं. ६ का वडा सदस्य चक्र रैकाल, नवयुग मा.वि का प्रधानाध्यापक खेम राज भट्ट, कृष्णपुर नगरपालिका युनिट एन.प्यब्सनका अध्यक्ष तथा रोजी मा.वि का प्रधानाध्यापक मदन सिह भण्डारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिका विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा रिज एकेडेमी कृष्णपुर ६ को सहयोग रहेको थियो भने प्रतियोगितामा कृष्णपुरका १३ विद्यालय बाट विद्यार्थीहरु सहभागी रहेका थिए।
प्रतियोगितामा आधारभूत तह(१-५) मा प्रथम जय हुनैनाथ पब्लिक स्कुल, द्वितीय महाकाली नोबेल एकेडेमी, तृतीय ए.वि ईङिलिस बोर्डिङ स्कुल भएका छन्। त्यस्तै आधारभूत तह(६-८) मा प्रथम जय हुनैनाथ एकेडमी, द्वितीय रिज एकेडमी, तृतीय रोजी एक्सक्लुसिभ ईङ्लिस बोर्डिङ स्कुल भएका छन्। माध्यमिक तह(९-१०) मा प्रथम डायमन्ड इङ्लिस बोर्डिङ स्कुल, द्वितीय रिज एकेडमी, तृतीय नवयुग मा.वि भएका छन्। कार्यक्रम सञ्चालक कृष्ण सिह ऐरी रहेका थिए।
एन.प्यब्सन कृष्णपुर युनिटमा आवद्व सम्पुर्ण संस्थागत विद्यालयको विचमा मैत्रीपूर्ण बाताबरण सृजना गर्दै आगामी दिनहरुमा पनि बालबालिकाहरुको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम गर्दै जाने एन.प्याब्सन कृष्णपुर युनिटका अध्यक्ष एवं रोजी एक्सक्लुसिभ इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक मदन सिह भण्डारीले बताएका छन्।