काठमाडौं: सर्वसाधारणको सामान्य भुक्तानीमा समेत डिजिटल पेमेन्टको नाममा लुट भएको भन्दै त्यसको खारेजीको माग गदै विवेकशील साझा पार्टी वागमती प्रदेशले विरोध प्रदर्शन गरेको छ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विवेकशील साझा पार्टीले शान्तिपूर्ण प्रदर्शन गरेको हो। उनीहरूले डिजिटल भुक्तानी गर्दा लाग्ने कर खारेजीको माग गरेका छन्। उनीहरुले ‘डिजिटल पेमेन्टमा लाग्ने भ्याट खारेज गर’, ‘जनताको राज्यमाथि भर, कति थुपार्छौं जनतामाथि करै कर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
डिजिटल पेमेन्टमा अतिरिक्त शुल्क नहटाए सम्म पार्टीले निरन्तर खबरदारी गर्ने र आगामी कार्यक्रम असोज ८ गते रहेको समेत बागमती प्रदेश सचिव सकिल अहमदले जानकारी गराएका छन्। हाल डिजिटल पेमेन्टमा ११ रुपैया ३० पैसा अतिरिक्त शुल्क लागु छ।
