कृष्णपुर-३ मा आगलागी पीडित कार्की परिवारलाई; वडा कार्यालयबाट खाद्यान्न सहयोग

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ३ चित्रपुर का मनोरथ कार्कीको घरमा गत असोज १० गते आगलागी भयो। आगलागी बाट खाद्यान्न जलेर नष्ट भए। सिलिण्डर ग्यासलिक भई आगलागी हुँदा घरमा रहेको सरसामान जलेर नष्ट भएको थियो। अस्थायी पोष्ट वाणी को टीम, आग्नि नियन्त्रण टोली र स्थानीय को सहयोग मा आगलागी नियन्त्रण गरिएको थियो।

आगलागी पिडित कार्की परिवारलाई वडा कार्यालयले खाद्यान्न सहयोग गरेको छ। आईतवार कृष्णपुर-३ का वडा अध्यक्ष खेम राज चौधरी, वडा सदस्य फुलचन्द्र राना र वडा सदस्य भिम राज जोशी ले आगलागी पिडित कार्की परिवारको घर मै गएर खाद्यान्न सहयोग हस्तान्तरण गरेका हुन्। थोरै भएतापनी आर्थिक सहयोग गरिएको वडा सदस्य भिम राज जोशीले बताएका छन्।

Facebook Comments Box