स्कुल बसमा सहचालक नहुदा; बसबाट खसेर पुनर्वासमा विद्यार्थीको मृत्यु

कञ्चनपुर/गणेश बिष्ट: पुनर्वासमा रहेको एस.पि.एल एकेडेमीका कक्षा १ मा अध्यनरत छात्र पुनर्बास ५ ग- गाउँका चक्र खातिका ८ वर्षीय छोरा करन खातीको उपचार‌को क्रममा मृत्यु भएको छ।

शुक्रवार साझ ५:३० बजेको समयमा पुनर्बास ३ स्थित एसपिएल एकेडेमीको बसमा विद्यालयबाट घर फर्किने क्रममा घर नजिकै हुलाकी सडक खण्डमा ओर्लिन तयार भएर ढोकाको छेउमा उभिएका सोही बिद्यालयमा अध्यनरत छात्र करन खातिको सह-चालक नहुदा एक्कासि बसबाट खसेर घाइते भएका थिए। शनिबार राती वालकको उपचारको क्रममा भारत स्थित मेडिसिटि अस्पतालमा मृत्यु भएको हो।

घाइते बालक करनको प्रारम्भिक उपचार पुनर्वास पोलिक्लिनिक र धनगढी स्थित निसर्ग हस्पिटलमा गरेको थियो र निसर्ग हस्पिटलले पनि रेफर गरेको थियो । मृतकको दायाँ खुट्टा पछाडि र टाउकोमा गम्भीर चोट लागेको थियो । मृतकको शव पोस्टमाटमको लागि आइतबार महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको थियो र शव आफन्तले बुझी दाह संस्कार गरिसकेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तिका प्रहरी निरीक्षक महेश बिक्रम शाहले जानकारी दिएका छन्।

पिडित परिवारका अनुसार ,”बालकको ज्यान बिद्यालयको चरम लापरबाही सह-चालक नराखेर गएको हो। उचित क्षतिपूर्ति सहित मृतकको कान्छो भाइलाई उक्त बिद्यालयमा कक्षा १२ सम्म नि:शुल्क पढाउनु पर्छ। गलत समाचार सम्प्रेषण गरेर घाउमा नुन नछर्किन सबैलाई अनुरोध गर्छौ। बाबू ओर्लिदा खसेर घाइते नभएको , बसबाट घर नजिक ओर्लिन तयार भएर ढोका नजिक उभिएको चल्दा चल्दै बसबाट सह-चालक नहुदा खसेको भनिएको छ।

बिद्यालयको बस र चालक पुनर्वास न.पा. ५ का कमल थापालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि अदालतबाट पहिलो पटक ५ दिन म्याद थप गरिएको छ।

Facebook Comments Box