कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ बंक मा रहेको वि.वि.एस पढाई हुने उदय सरस्वती क्याम्पसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।
सोमबार क्याम्पस प्राङ्गणमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्याम्पस सञ्चालक समिती अध्यक्ष वीर बहादुर चन्द सभाअध्यक्ष, कृष्णपुर नगरपालिका का मेयर हेम राज ओझा, कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिह साउद, लालझाडी-५ का वडा अध्यक्ष पहल बहादुर थापा विशिष्ट अतिथि रहेका थिए। त्यस्तै अतिथिमा कृष्णपुर-२ का वडा सदस्य राजेन्द्र बहादुर सिह, जित बहादुर चौधरी, संस्थापक क्याम्पस प्रमुख गणेश बहादुर चन्द, निवर्तमान क्याम्पस प्रमुख जगदीश सेट्टी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, वडाभित्र रहेका विभिन्न स्कुलका अध्यक्ष प्रधानाध्यापक, शिक्षक, शिक्षिका अभिभावक र विद्यार्थीहरु समेत उपस्थिति रहेको थियो।
दशै तिहार छ्ठ र नेपाल सम्बतको शुभकामना आदानप्रदान कार्यक्रम मा उदय सरस्वती क्याम्पस प्रमुख मनोज भट्टले स्वागत मन्तव्य राखेका थिए। “नयाँ क्याम्पस प्रमुखका रुपमा आफुले पाएको जिम्मेवारी पुर्ण रुपमा बहन गर्ने र क्याम्पसको शैक्षिक सुधारका निम्ति आफू र आफ्नो टिम सक्रिय रहेको साथै सबैको साथ सहयोगको समेत अपेक्षा राखेको प्रमुख भट्टले बताएका छन्।
प्रमुख अतिथिका रुपमा बोल्दै कृष्णपुरका मेयर ओझाले ” क्याम्पस सुधारमा नगरपालिकाको सहयोग गर्ने, गरेको र शैक्षिक गुणस्तर दिनसके क्याम्पस नगर कै नमुना क्याम्पस बन्ने बताएका छन्। क्याम्पस स्थापना काल देखि नै आफुले सक्दो सहयोग गरेको र अझै व्यक्तिगत र नगरपालिकाको तर्फ बाट सहयोग गर्ने मेयर ओझाले बताएका छन्।
उदय सरस्वती क्याम्पसमा अध्ययनरत ५ जना विपन्न जेहेन्दार गरिव विद्यार्थीलाई वडा कार्यालयले छात्रवृत्ति प्रदान गरेको, वडा कार्यालयले अझै क्याम्पसमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्। विगतमा आफ्नो अध्यक्षतामा निर्माणाधीन क्याम्पसको दुई तले पक्की भवन बाट बचेको ६ लाख क्याम्पसलाई उपलब्ध गराउने र उक्त पैसा जेहेन्दार विपन्न परिवारका विद्यार्थीको पठनपाठनमा खर्च गर्नुपर्ने, क्याम्पसले चेक हस्तान्तरण कार्यक्रम राख्नुपर्न आफुले चेक हस्तान्तरण गर्ने अध्यक्ष साउदले बताए। क्याम्पस स्थापना काल देखि आफू जोडिएको र क्याम्पसको सुधारमा आफू सकारात्मक रहेको वडा अध्यक्ष साउदले बताएका छन्।उदय सरस्वती क्याम्पस मा आफ्ना वडा बासी विद्यार्थीपनि अध्यनरत रहेका, छिमेकी वडामा रहेको क्याम्पसमा विद्यार्थीलाई लालझाडी-५ वडाबाट आउन सजिलो हुने र घर नजिकैको क्याम्पसमा सहज हुने, वडा कार्यालयको साथ सहयोग सदैव रहने लालझाडी-५ का वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन्।क्याम्पस स्थापनाका लागि स्थानीय लगायत आफुले निकै संघर्ष गरेको , क्याम्पस यहाँसम्म पुर्याउनमा आफुलाइ निकै खटिएको, सबै प्रक्रिया गरेर क्याम्पसको क्षेत्र कायम गरिएको तर केही व्यक्तिहरुले सामुदायिक वनमा क्याम्पस छ भन्ने हल्ला, झुठको खेती गरेको भ्रम छरेको, उदय क्याम्पसलाई बदनाम गर्न खोजेको तर त्यस्तै झुठको खेती नचल्ने , आवश्यक प्रमाण क्याम्पसमै रहेको उदय सरस्वती क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेश बहादुर चन्दले बताएका छन्।उदय सरस्वती क्याम्पसमा नयाँ सञ्चालक टिम आएको, क्याम्पसको शैक्षिक सुधारमा निकै सक्रियता रहेको, अब स्थानीय स्तरको घर नजिकैको क्याम्पसमा आफ्ना नानिबाबुहरुलाई पढाउन अनुरोध र थप संकाय थप्ने शैक्षिक गुणस्तरको जिम्मा लिने प्रतिबद्धता समेत क्याम्पस अध्यक्ष वीर बहादुर चन्दले बताएका छन्। कार्यक्रमको सञ्चालन कृष्णानन्द जोशीले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।