कञ्चनपुर/सुनिल ऐर: नेपाल विद्यार्थी संघले कृष्णपुरको कृष्ण मा.वि मा ने.वि संघ इकाई कार्यसमिति गठन गरेको गरेको छ। नेपाल विद्यार्थी संघ कञ्चनपुर जिल्लाका सचिव दिनेश भट्टको अध्यक्षतामा कृष्णपुर नगरपालिका वडा नं. ४ मा रहेको श्री कृष्ण माध्यमिक विद्यालयमा एक बैठक बसेको थियो। यस बैठकमा संगिता बिष्टको नेतृत्वमा इकाई कार्यसमिति गठन गरिएको छ।
यस कार्यसमितिमा उपाध्यक्षहरूमा पार्वती बिष्ट, रोशन लुहार र दिपिका अवस्थी चयन भएका छन्। सचिवको भूमिकामा निरुता मल्ल, सहसचिवहरूमा सुजित टिएल, गोरव जोशी, रुवी थापा र कविता ताम्राकार छन्। कोषाध्यक्षको रूपमा सुनिता बोहरा चयन भएकी छन्। यो इकाई कार्यसमितिमा ४५ सदस्यहरू समावेश गरिएका छन्।

यो समिति विभिन्न प्रकारका गतिविधिहरू आयोजना गर्नेछ, जसमा:
१. शैक्षिक सुधारका लागि कार्यक्रम र कार्यशालाहरूको आयोजना।
२. स्वास्थ्य, वातावरण, र समाजसँग सम्बन्धित विभिन्न समस्याबारे सचेतना अभियानहरू चलाउने।
३.समाजमा जनचेतनामूलक सडक नाटकहरू आयोजना गर्ने।
३.खेलकुद प्रतियोगिताहरूको आयोजना गरेर विद्यार्थीहरूको शारीरिक विकासमा सहयोग पुर्याउने।
४.विद्यार्थीहरूबीच समन्वय गर्ने जस्ता कार्यहरू गर्नेछ।
जिल्ला सचिव दिनेश भट्टका अनुसार, कञ्चनपुर जिल्लाका विभिन्न माध्यमिक तहका विद्यालयहरूमा पनि यसरी इकाई कार्यसमितिहरू गठन भइरहेका छन्, जसले संगठनलाई थप सक्रिय र सुसंगठित बनाउन मद्दत पुर्याउनेछ।