कृष्णपुरका सामुदायिक विद्यालयहरुमा मनपरी विदा

कञ्चनपुर: कृष्णपुर नगरपालिका का केही सामुदायिक विद्यालयहरुमा मनपरी विदा गरिएको अभिभावकहरुको आरोप छ। घटस्थापन भोलि भएको तर आज विद्यार्थीको पठनपाठन अबरुद्ध हुने गरि विद्यालयहरुमा विदा गरिएको अभिभावकहरुको गुनासो छ।

विद्यालय विदाको विषयमा हामीले बुझ्न खोज्दा;”आज पितृ विसर्जन औसी भएकाले विद्यालय विदा गरिएको, विद्यालयले शिक्षा ऐन अनुसार बर्ष भरी ५ दिन आवश्यकता अनुसार विदा दिनसक्ने भएकाले आज विदा दिईएको उदय माध्यमिक विद्यालय कृष्णपुर-२ बंक का व्यवस्थापन समिती अध्यक्ष दिपेन्द्र पालले बताएका छन्। स्थानिय विदा दिनसक्ने अधिकार विद्यालयलाई भएकाले विदा दिईएको हो-अध्यक्ष पालले बताए” विदा दिने अधिकार विद्यालयलाई होला तर आज विदा गर्ने निर्णय गर्नुभएको छ भनेर हामीले सोध्यौ;”निर्णय त गरेका छैनौ म हिजो कैलालीको एक कार्यक्रम भएकाले विदा दिने निर्णय नभएको तर मौखिम रुपमा प्रधानाध्यापकले मलाई आकस्मिक विदा गरौ भोलि भनेर भन्नुभयो, मैले अन्य विद्यालयले के गरे त्यसै अनुरुप गर्नुस भनेको हु”; पितृ विसर्जन औशी परेकाले सरहरुसंग सल्लाह गरेरै हामीले विद्यालय विदा गरेका हौ; अध्यक्ष पालले बताएका छन्।

त्यस्तै कृष्णपुरकै सरस्वती माध्यमिक विद्यालय कृष्णपुर-२ वाणी, नन्द माध्यमिक विद्यालय कृष्णपुर-३ देखतभुली, राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुर-१ पहरिया, बालकल्याण आधारभूत विद्यालय कृष्णपुर-२ खल्लागोठ लगायतले आज विद्यालय विदा गरेका छन्। कृष्णपुर-२ मा रहेको बालकल्याण आ.वि का सुचना अधिकारी वीर बहादुर बोहराले पितृ विसर्जन औशी भएकाले विदा गरेको बताए। नन्द माध्यामिक विद्यालय कृष्णपुर-३ ले पनि विदा गरेको विद्यालयका व्यवस्थापन का अध्यक्ष दिपक खत्रीले बताए।हामीले विदा दिने निर्णय नै गरेका हौ, बर्षमा ५ दिन विदा दिने निर्णय बमोजिम विदा गरेका हौ: नन्द मा.वि का प्रधानाध्यापक पुष्कर सिह महराले बताए। त्यस्तै कृष्णपुर का वडा अध्यक्ष र सरस्वती मा.वि का व्यवस्थापन अध्यक्ष समेत रहेका अर्जुन सिह साउदले पनि वडा अध्यक्ष/वडा कार्यालय लाई विदा सम्बन्धि कुनै जानकारी नभएको तर सरस्वती मा.वि का प्रधानाध्यापक काठमाडौ गएका हुनाले सह प्रधानाध्यापक गणेश बहादुर सार्की ले विदा सम्बन्धि जानकारी गरेको, विद्यालयले दिनै मिल्ने विदा भएकाले निर्णय नभएको तर वडासंग विदा बारे समन्वय नभएको बताएका छन्।

कृष्णपुर नगरपालिका का शिक्षा शाखा श्रोत शिक्षक गणेश बहादुर चन्दले विदा बारे शिक्षा शाखा लाई कुनै जानकारी/समन्वय नभएको तर शिक्षा ऐन मै विद्यालयले बर्षमा ५ दिन विदा दिनसक्ने कानुनी व्यवस्था भएको त्यसै बमोजिम विद्यालयले आफ्नो अधिकार प्रयोग गरेको; गत बर्षहरुमा पनि घटस्थापना को अघिल्लो दिन सम्म विद्यालयमा पठन पाठन हुने त्यसको अघिल्लो दिन पितृ विसर्जन औशीमा दशैको विदा दिने नियम रहेको त्यसै अनुसार यो बर्षपनी विदा दिएको हुनसक्ने बताए।

कृष्णपुर नगरपालिका संग विदा सम्बन्धि कुनै समन्वय नभएको, आगामी बर्ष देखि अनावश्यक विदा काटने नीति नगरपालिकाले ल्याउने कृष्णपुरका नगर प्रमुख हेम राज ओझाले बताएका छन्।

सामुदायिक विद्यालयले बार्षिक परीक्षा आउदा सम्म कोर्ष नसक्ने त्यसमाथी बिभिन्न बहानामा विद्यालय विदा गर्ने परिपाटी नराम्रो भएको, विद्यालयका विद्यार्थीको शैक्षिक सुधारमा पुरै असर पर्ने अभिभावकको गुनासो छ। पितृ विसर्जन औशी विहानै सकेर १० बजे विद्यालय लगाएको भए हुने तर अनावश्यक विदा भएको अभिभावकको दुखसो छ। कृष्णपुरका केही विद्यालयमा आज विदा भएतापनी सिद्धनाथ बालज्योती विद्यालय, जनउथ्यान विद्यालय र कालिका मा.वि मा भने पठनपाठन यथावत रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले बताएका छन्। हामी विभिन्न बाहानामा विद्यालय बन्द नगर्ने र विद्यार्थीको पढाईमा विशेष ध्यान दिने जनउथ्यान विद्यालयका व्यवस्थापन समिती अध्यक्ष नरेश कार्कीले बताए। त्यस्तै विद्यालयले ५ दिन बर्षमा विदा दिने कानुन भएतापनी हामीले अनावश्यक विद्यालय विदा नगरेको सिद्वनाथ आ.वि वाणीका प्रधानाध्यापक दिपक भण्डारीले बताएका छन्।

कृष्णपुरका संस्थागत विद्यालयमा भने पठनपाठन यथावत रहेको थियो। संस्थागत र सामुदायिक प्राय विद्यालयमा पठनपाठन हुदा, पितृ विसर्जन औशीकै नाममा केहीले विदा दिदा विद्यार्थीको पठनपाठनमा अवरोध भएको छ भने कानुन मै छ भन्दैमा अतिआवश्यक नभईकनै विदा दिईनु ठिक नभएको साथै सामुदायिक विद्यालयका शिक्षकलाई जिम्मेवारी बोध कम भएको, बहाना बाजि व्यापक भई विदा केन्द्रिय मात्रै हुदा शैक्षिक गुणस्तर घटदै गईरहेको देखिन्छ। स्थानिय सरकार शिक्षा क्षेत्र प्रती उदासीन देखिएको हो या नियमकारी निकाय भन्दा विद्यालय व्यवस्थापन समिती अध्यक्ष र प्रधानाध्यापक हरु बलिया हुन्। विदा दिने कुरामा समन्वय नहुनुमा कसको कमजोरी हो। यस्तै भए आउने दिनहरुमा सामुदायिक विद्यालय मा निल रिजल्ट ले निरन्तरता नपाउनेमा कुनै दुविधा छैन। होइन भने किन वार्षिक परीक्षा आउदा समेत सामुदायिक विद्यालयमा कोर्स पढाई पूरा हुन नसकेको आम प्रश्न छ??

Facebook Comments Box