कञ्चनपुर: कृष्णपुर नगरपालिका कञ्चनपुरमा धान खेतीमा हाँस पालन कार्यक्रमको अनुगमन गरिएको छ। जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानिय पहल (ली–बर्ड) द्वारा फेल्म नेपाल मार्फत फिनल्याण्ड सरकारको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा कृष्णपुर नगरपालिकामा “समानुकुलित जीविकोपार्जनका लागि साना किसानहरुको क्षमता अभिवृद्धि कार्यक्रम (सक्षम)” परियोजना सञ्चालन गरिरहेको हो। कृष्णपुरका साना किसान,अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदाय र पिछडिएका बर्गहरुको जीविकोपार्जनमा सुधार गर्ने परियोजनाको लक्ष्य रहेको सक्षम परियोजना प्रमुख इन्देश्वर मन्डलले बताएका छन्।
सन् २०२२ देखी २०२५ सम्म परियोजना संञ्चालन रहने कृष्णपुर नगरपालिकाको ५ वटा वडा (१, २, ४, ५, र ९) मा गरी जम्मा ७६ कृषक समुह गठन गरी १५८४ घरधुरीमा परियोजना सञ्चालित रहेको साथै घर बगैंचा निर्माणमा सहयोग, जलवायु अनुकुलन नमुना गाउँ (Climate Smart Village) को स्थापना, बहुउद्देश्यीय नर्सरी स्थापनाको लागि सहयोग, भुमिहिन घरधुरीहरुको लागि कृषि उत्पादन तथा आयआर्जनका लागि जग्गा भाडामा सहयोग, पशु बिमा सहयोग कार्यक्रम, व्यावसाय सुरु गर्न आर्थिक सहयोग, गोठ सुधार सहयोग, बीउ तथा सामाग्री सहयोग, सामुदायिक बिउ बैँकलाई बिउ कोष सहयोग, पशु नश्ल सधार सहयोग कार्यक्रम, पशु बिमा सहयोग कार्यक्रम, भुमिहिन घरधुरीहरुको कृषि उत्पादन तथा आयआर्जनका लागि बिउबिजन तथा कृषि सामाग्री किसाहरुलाई लि-वर्डको सक्षम परियोजनाद्वारा सहयोग भईरहेको लि-वर्ड संस्थाका जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण अधिकृत नविन पौडेलले बताएका छन्।शुक्रबार ली-बर्ड संस्थाले संचालित गरेको सक्षम परियोजनामा कृष्णपुरको वडा नं. २ वाणी मुक्तकमैया बस्ती/बंक सालघारीमा धान खेती मा हाँस पालन कार्यक्रम अन्तर्गत १२ घरलाई (२ घरपरिवारलाई ३० र बाँकी १० घर परिवारलाई २९ का दरले हाँस सहित बार्ने नेट जाली (Green Net) वितरण सबै घरधुरीलाई सावित्री धानको बिउ समेत वितरण १२ घरधुरीलाई ३० वटाका दरले ४० दिने कुखुरा वितरण, नश्ल सुधारका लागी अघिल्लो वर्षहरु र यस बर्ष समेत बोयर र खरी बोका तथा पाठी वितरण (जम्मा १३ जोडी) अनुदानमा कम्बाइन्ड मिल प्रदान गोठ सुधार तथा बाख्रा बंगुरको खोर सुधार सहयोग नियमित संचालित रहेको ली-बर्ड संस्थामा कार्यरत कृषि प्राविधिक लक्ष्मी चौधरीले बताएकी छिन्।धान बालीमा हाँस पालन कार्यक्रम अनुगमन पश्चात् कृष्णपुर नगरपालिका का पशु शाखा प्रमुख मान बहादुर के.सी र कृषि शाखा प्रमुख लाल बहादुर धामीले कृष्णपुरमा ली-बर्डद्वारा संचालित सक्षम परियोजना एकदमै राम्रो देखिएको र किसानहरुको जिविकोपार्जनमा अति सहयोग पुगेको बताएका छन्।धान बालीमा हाँस पालन कार्यक्रम अनुगमन मा कृष्णपुर नगरपालिका का पशु शाखा प्रमुख मान बहादुर के.सी, कृषी शाखा प्रमुख लाल बहादुर धामी, लि-वर्ड संस्थाका जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण अधिकृत नविन पौडेल, कृषी प्राविधिक लक्ष्मी चौधरी र सामाजिक परिचालक गायत्री ऐडि को उपस्थिति रहेको थियो।ली-बर्डको सक्षम परियोजनाले आफू र आफ्नो परिवारलाई निकै राहत पुगेको, धानबालीमा हास पालन कार्यक्रमले गर्दा हास बाट आफू र आफ्नो परिवारको सामान्य खर्च चलेको, धानबाली हास पालनमा धान उत्पादन पनि धेरै भएको तर छुट्टै लगाएको धानबालीमा धान उत्पादन कम भएको कृष्णपुर-२ बंक सालघारी का किसान लाहुरे डङौराले बताएका छन्। त्यस्तै ली-बर्डले आफुलाई बङुर पालनका लागि खोर निर्माण, बाख्रा पालनमा नश्ल सुधारका लागी बोयर र खरी बोका, ५० प्रतिशत अनुदानमा कम्बाइन्ड मिल दिएको सालघारी कि स्थानिय किसान नचनिया चौधरीले बताएकी छिन्। ली-बर्डको सहयोगले गर्दा धेरै राम्रो भएको, परिवार र आफ्नो खर्च व्यवस्थापन भएको खुशी लागेको समेत चौधरीले बताए। ओल खेती, धानबालीमा हास पालन गरिरहेका वाणी मुक्तकमैया शिविर बस्तीका किसान शोभा खुनाले पनि”ली-बर्डको सहयोग पश्चात् आफू र आफ्नो परिवारको दिनचरिया फेरिएको बताए। सावित्री धानको बीउ ली-बर्डले उपलब्ध गरायो, त्यसैमा दिएको हास पालन संगै गर्दा धान उत्पादन बढी भएको साथै हास पालन समेत राम्रै फस्टाएको खुना बताउछन्। ली-बर्डको सानो सहयोगले कृष्णपुरका किसानको अनुहारमा ठूलो खुशी देखिएको छ।