कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. १ श्रीपुरमा रहेको श्री ऐश्वर्य सामुदायिक वन उपभोक्ता समुहले आफ्नो २२ औ साधारण सभा सम्पन्न गरिएको छ। सामुदायिक वन का अध्यक्ष ईश्वर बहादुर बुढाको सभाअध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा कृष्णपुरका मेयर हेम राज ओझा, विशिष्ट अतिथी कृष्णपुर-५ का अध्यक्ष टेक पाण्डेय, सव डिभिजन वन वाणी प्रमुख हरि नारायण यादव, वडा सदस्य, समाजसेवी, राजनीतिक दल, उपभोक्ता, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सामुदायिक वनका कोषाध्यक्ष देवकी भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै झण्डै ३० लाख बराबरको आयव्य भएको बताइन्। कार्यालय सहयोगी दामोदर जोशीले चालु आर्थिक वर्ष ०८१/०८२ को अनुमानित आयव्ययको प्रतिवेदन प्रस्तुत गर्दै झण्डै १ करोड २३ लाख ९१ हजार ७ सय ७७ रुपैया बराबरको आयव्य प्रस्तुत गरेका थिए। कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका सामुदायिक वनका अध्यक्ष ईश्वर बुढाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनमा पर्यावरण संरक्षण साथै उपभोक्ताका लागि आयार्जनका कार्यक्रम ल्याएको बताएका छन। अध्यक्ष बुढाले स्थानीय सरकारदेखि विभिन्न निकायसँग सहकार्य गरेर सामुदायिक वन वृक्षारोपण फलफुल लगायतको खेती गरिएको बताए।


उक्त समुदायिक वनको पहिलेदेखि अम्रेसो खेती गरिँदै आएको छ। कार्यक्रममा बाणी सब डिभिजन वन कार्यालय वाणी का प्रमुख हरिनारायण यादवले सामुदायिक वनले संरक्षणका कार्यक्रम गरेको बताए। कार्यक्रम मा प्रमुख अतिथि समेत रहेका कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले सामुदायिक वनमा स्थानीय सरकारले बेल चिउरी कागजी लगायत बिरुवा रोपिएको र आगामी दिनहरुमा समेत संरक्षण योजना ल्याउने बताएका छन्।