कञ्चनपुर: इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ।
इन्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले वेष्ट बैक वेष्ट पर्फमेन्स अन रिक्स मेनेजमेन्ट नेपाल, बेष्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा बिजेता एवम बेष्ट पर्फमेन्स अन प्रोफिटाविलिटी नेपाल र बेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधी जित्न सफल भएको छ।
अवार्डमा बिमिस्टेक अन्तर्गतका राष्ट्रहरू भारत नेपाल श्रीलङ्का भुटान म्यानमार लगायत देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए। इन्डियन चेम्बर अफ कमर्स गत वर्षदेखि नै यस अवार्ड वितरण गर्ने सुरु गरेको हो। अवार्डका लागि इन्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो। स्थापनाकालदेखि नै इथिकल बैंकिङ आर्थिक सुशासनलाई आत्मसात गर्दै र पारदर्शिता बैंकङ सेवा उपलब्ध गराउँदै अघि बढेकाले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा अवार्ड जित्न सफल भएको र यसबाट बैंकको गरिमा र प्रतिशत माथि पुगेको छ।
अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक कर्मचारी ग्राहक र नियमनकारी निकाय लगायत सबैको योगदान र सहयोग रहेको छ। ३.५ अर्ब चुक्तापुजी भएको राष्ट्रिय स्तरको विकास बैंकका बैंकका साथै प्रदेशमा ८९ वटा शाखा एकवटा एक्सटेन्सन काउन्टर र २० वटा एटिएम सञ्चालन रहेका छन्।