कञ्चनपुर: कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भरत भाटको मृत्यु भएको छ।
जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडमा सुदूरपश्चिम प्रदेश ०१००८प ८९९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ४० वर्षीय भरत भाट र पछाडि सवार रहेकी १७ वर्षीया अनिसा भाट घाइते भएका थिए।
चालक भरतको टाउको र हातखुुट्टामा चोट लागेको थियो। उनको उपचारको क्रममा गएराति ११ः५ बजे माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै अनिसाको हात र खुट्टामा चोट लागेको र उनको पनि उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।