कञ्चनपुर: दशैको अवसरपारी कृष्णपुरको वाणीमा फुटबल प्रतियोगिता हुने भएको छ। आउदो असोज २३ गते देखि सरस्वती मा.वि खेलमैदानमा U-16 Seven Sided फुटबल प्रतियोगिता हुने भएको हो।
टिम दर्ता शुल्क २ हजार ५ रुपैयाँ टोकिएको छ भने प्रतियोगिता मा विजेता टिमलाई १५ कि.लो बोईलर कुखुरा सहित मेडल ट्रफी पुरस्कारको व्यवस्था गरिएको छ। त्यस्तै उपविजेता लाई टिमलाई ७ कि.लो बोईलर कुखुरा सहित मेडल ट्रफी पुरस्कारको व्यवस्था गरिएको आयोजक वाणी स्पोर्ट्स क्लबले जनाएको छ। प्रतियोगिताबारे थप जानकारीका लागि आयोजकको सम्पर्क 976848108 (प्रशान्त ऐरी), 9800612690(विशाल चदारा) सम्पर्क गरि जानकारी लिन सकिने छ।