कञ्चनपुरमा जय महाँकालद्वारा विपन्न परिवारलाई निशुल्क भोजन सेवा : सुकुम्बासी बस्तीमा यसरी मनाईयो दशै

कञ्चनपुर: समाजिक क्षेत्रमा निरन्तर सक्रिय जय महाँकाल युवा समूह कञ्चनपुरले यसपालिको दशै सुकुम्बासी परिवार संगै सुकुम्बासी बस्तीमै मनाएको छ। हिजो असोज २६ गते बडा दशैको अवसरपारी जय महाँकाल टिमले कञ्चनपुर स्थित शुक्लाफाटा ११ बनरा नदी पुल नजिक रहेको सुकुम्बासी बस्ती र कृष्णपुर २ मछेली नदी पुल नजिक रहेको सुकुम्बासी बस्तीमा दशै मनाएको हो। बनरा र मछेली नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासी परिवार संगै जय महाँकाल युवा समुहले यसपालिको दशै मनाएको हो। दशैको टीका जमरा आदानप्रदान सहित जय महाँकाल युवा समुहले सुकुम्बासी बस्तीमा दशै विशेष भोजन समेत उपलब्ध गराएको थियो।

हुने खाने परिवारका लागि दशै उत्सव भएतापनी हुदा खाने विपन्न परिवारका लागि दशै अभावको समय हुने हुदा जय महाकालले दशैमा सुकुम्बासी परिवारसँग दशै मनाएको छ। जसको कोहि छैन त्यसको महाकाल छ भन्ने नारा सहित जय महाकाल टिम निरन्तर जनसेवामा छ। सुकुम्बासी बस्तीमा बसोबास गर्ने नागरिकहरु यसपालिको दशैमा हर्षित देखिएका थिए। सुकुम्बासी बस्तीमा टीका जमरा, पिङ, दशै विशेष भोजन वितरण गरि सुकुम्बासी बस्तीमा महाँकाल टिमले दशै मनाएको छ। भोकालाई भोजन प्यासा लाई पानी भन्ने नारा सहित सुकुम्बासी बस्तीमा यसपालिको दशै मनाएको कञ्चनपुर जिल्ला अध्यक्ष हर्क बहादुर बोहराले बताएका छन्।

जय महाकाल युवा समुहले विपत्तिमा नागरिकको पक्षमा उभिदै आईरहेको छ। बाढी पहिरो, कोरोना महामारी, असहायलाई सहयोग, निशुल्क भोजन वितरण, गौशाला सञ्चालन, सार्वजनिक स्थलको सरसफाइ लगायतका समाजिक कार्य गर्दै आईरहेको छ।

Facebook Comments Box