कञ्चनपुर: लालझाडी गाउँपालिका ५ नं. वडा देखतभुली मा प्रथम DYS वडा अध्यक्ष क्रिकेट प्रतियोगिता बुधबार बाट सुरु भएको छ। देखतभुली युवा समाजको आयोजना र लालझाडी-५ संगको समन्वयमा प्रथम DYS वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो। देखतभुली युवा समाजका अध्यक्ष खिम सिह धामीको सभाअध्यक्षता, कञ्चनपुर-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङको प्रमुख आतिथ्य, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाको विशिष्ट आतिथ्य, लालझाडी-५ का अध्यक्ष पहल बहादुर थापा, वडा सदस्य, समाजसेवी, खेलप्रेमी लगायतको उपस्थितिमा प्रतियोगिता उद्घाटन गरिएको हो।
बुधबार भएको उद्घाटन खेलमा ईटाहा चारपाटे र मछेली युवा क्लब बिच ईटाहा चारपाटे सहभागी नहुदा मछेली स्वत: जित प्राप्त गरेको छ। त्यस्तै उद्घाटन दोस्रो खेलमा शुक्लाफाटा-७ नं. वडा टिम र सिद्वार्थ युवा क्लब बेलौरी बिचको खेलमा शुक्लाफाटाले १३० रनको टार्गेट दिई पश्चात् सिद्वार्थ युवा क्लबले ९ ओभर ३० रनमै सिमित रहि अल आउट हुदा शुक्लाफाटाले जितेको देखतभुली युवा समाजका अध्यक्ष खिम सिह धामीले बताएका छन्।
देखतभुली युवा समाजका अध्यक्ष खेम सिह धामीले प्रतियोगिताको विजेता टिमलाई नगद रु ५१ हजार १ सय ५१ रुपैया सँगै ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेता टोलीलाई रु २५ हजार ५ सय ५ रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र दिइने बताएका छन्।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बल र फिल्डरलाई समेत पुरस्कृत गरिने आयोजक देखतभुली युवा समाजले जनाएको छ। खेल प्रतियोगिता सहभागी टिमले प्रवेश शुल्क ४ हजार ५ सय ५ रुपैया बुझाउनु पर्ने छ भने लालझाडी-५ स्थित देखतभुलिको खेल मैदानमा सञ्चालन भईरहेको छ। प्रतियोगिता आउदो कार्तिक ४ गते सम्म सञ्चालनमा रहने छ।