देखतभुली मा आयोजित प्रथम DYS वडा अध्यक्ष क्रिकेट प्रतियोगिता सम्पन्न; टिम शुक्लाफाटा-७ विजेता

कञ्चनपुर: स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ गत असोज २८ गते देखि लालझाडी गाउँपालिका ५ देखतभुली कञ्चनपुरमा सञ्चालनमा आएको प्रथम DYS वडा अध्यक्ष क्रिकेट प्रतियोगिता २०८१ को शनिबार समापन गरिएको छ।

देखतभुली युवा समाजको आयोजना र लालझाडी ५ वडा कार्यालय संगको समन्वयमा क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा १४ टिम सहभागी रहेका थिए। शनिबार भएको फाइनलमा आयोजक’ए’ देखतभुली युवा समाजलाई पराजित गर्दै शुक्लाफाँटा-७ ले उपाधि जितेको हो । ५७ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको देखतभुलीलाई शुक्लाफाँटाले ६ ओभरमा अलआउट गरेर नतिजा आफ्नो पक्षमा पारेको थियो।

प्रतियोगितामा विजेता शुक्लाफाँटा ७ टिमले नगद पुरस्कार ५१ हजार १ सय ५१ रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको आयोजक’ए’ टिम देखतभुलीले नगद पुरस्कार २५ हजार ५ सय २५ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

विजेता र उपविजेतालाई समापन समारोहका प्रमुख अतिथी कञ्चनपुर-१ बाट प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले पुरस्कार हस्तान्तरण गरेका थिए। प्रमुख अतिथी लामा संगै विशिष्ट अतिथिमा लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना, लालझाडी-५ का वडा अध्यक्ष पहल बहादुर थापा, ईन्जिनियर तथा नेकपा एमालेका युवा नेता प्रकाश बहादुर रावल, कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का, गाउपालिका अध्यक्ष सचिवालय प्रमुख अमर सिह धामी, स्थानीय समाजसेवी, खेलप्रेमी, सुरक्षाकर्मी, संचारकर्मी लगायत को उपस्थितिमा प्रतियोगिताको समापन गरिएको हो।

समापन समारोहमा बोल्दै कञ्चनपुर-१ बाट निर्वाचित सांसद लामाले ग्रामीण क्षेत्रमा क्रिकेट, फुटबल, भलिबल, क्रिकेट लगायत खेललाई माथि उकास्न यस्ता प्रतियोगिताले मद्दत पुग्ने बताएका छन्। ‘गाउँघरमा हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी जन्माउछ, कञ्चनपुरको दक्षिणी क्षेत्र आफैँमा खेलकुदको उर्वर भूमि हो,’ सांसद लामाले भने, ‘खेलकुदमा पर्याप्त बजेट विनियोजनका लागि जनप्रतिनिधिका हिसावमा सरकारसँग मेरो लविङ हुनेछ।’

त्यस्तै लालझाडी गाउँपालिकाले क्रिकेट लगायत खेल र खेलाडीहरुमा लगानी गर्दैआएको गर्ने र स्थानीय पालिका बासी युवाहरुलाई खेल तर्फ आकर्षण गराउन पालिकाले समय समयमा प्रतियोगिताको आयोजना गरिरहने पालिका प्रमुख निर्मल रानाले बताएका छन्।

वडा बासी युवाहरुलाई क्रिकेट खेलाडीका रुपमा उत्पादन गर्न लालझाडी-५ मा पहिलोपटक वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको आयोजना राखिएको, जसले गर्दा स्थानीय खेलाडीहरुलाई अन्य टिमहरु संग खेलमा प्रतियोगिता गर्न पाएको, खेलमैदानको अभाव रहेका खेलाडीहरुले समेत लालझाडी-५ को खेलमैदान मा उत्कृष्ट प्रदर्शन गरेको प्रतियोगिता एकदमै सफल रहेको साथै आगामी दिनहरुमा समेत वडाले खेलाडी उत्पादनका निम्ति यस्ता क्रिक्रेट लगायत प्रतियोगिता मा लगानी गर्ने लालझाडी-५ का वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन्।

आयोजकले यस्तो विकट गाउँमा समेत यहि राम्रो प्रतियोगिता आयोजना गरेकोमा निकै खुशी बनेको प्रतियोगिताका विजेता टिम शुक्लाफाटाका क्याप्टेन सागर कुँवरले बताएका छन। प्रतियोगिता सफलतापुर्बक समापन गरिएको वडामा यस्ता प्रतियोगिता आयोजना भएकोमा खुशी रहेको स्थानीय बासिन्दा र आयोजक टिमका खेलाडीहरुले बताएका छन्।

सबैको सहयोगमा हामीले प्रथम DYS वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न गर्न सफल भएका छौ साथै स्थानीय खेलाडीहरुमा यस प्रतियोगिता मार्फत निखार आएको, देखतभुलि युवा समुहले निरन्तर आउने दिनहरुमा समेत प्रतियोगिताको आयोजना गर्ने आयोजक DYS अध्यक्ष खेम सिह धामीले बताएका छन्।

प्रतियोगिताको समापन समारोहमा स्वागत मन्तव्य DYS का संस्थापक सल्लाहकार सदस्य नवीन विष्टले राखेका थिए भने समापन समारोहको सञ्चालन हेमन्त राना र जनक बोहराले गरेका थिए।

Facebook Comments Box