कृष्णपुर-३ को समावेशीमा १४ औ भेट्रान फुटबल प्रतियोगिताको सुरु; मेयर ओझाद्वारा उद्घाटन

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ३ देखतभुलीमा रहेको समावेशी सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा शनिबार देखि १४ औ भेट्रान फुटबल रनिङ कप प्रतियोगिता उद्घाटन गरिएको छ।

प्रतियोगिताको सभाअध्यक्ष खेम राज ओझा(अध्यक्ष समावेशी सामुदायिक वन), प्रमुख अतिथि हेम राज ओझा(मेयर, कृष्णपुर नगरपालिका), विशिष्ट अतिथी खेम राज चौधरी(वडा अध्यक्ष कृष्णपुर-३), कृष्णपुरका अन्य वडाका वडा अध्यक्षहरु, सव डिभिजन वन वाणीका प्रमुख हरिनारायण यादव, नन्द मा.वि का अध्यक्ष दिपक खत्री, समाजसेवी दिल बहादुर देउवा, विभिन्न सामुदायिक वनका अध्यक्ष लगायतको उपस्थितिमा प्रतियोगिताको उद्घाटन गरिएको छ।

शनिबार को उद्घाटन खेल आयोजक र ग्वासी समैजी बिच भएको थियो भने आयोजक समावेशीले ग्वासी समैजी लाई ० गोल का विरुद्ध १० गोल गर्दै जित हासिल गरेको छ। भोलि विहान देखि फुटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ। प्रतियोगिता को फाईनल खेल आउदो कार्तिक १० गते सम्म हुने छ। प्रतियोगितामा भेट्रान, युवा र अन्डर १९ गरि ३ समुहमा खेल खेलाईदै छ।

प्रतियोगितामा भेट्रान तर्फ प्रथम हुने टिमलाई नगद ५१ हजार, दोस्रो हुनेलाई ३५ हजार र सान्तोना पुरस्कार स्वरुप दुई टिमलाई २०, २० हजार रुपैया पुरस्कार दिईने आयोजकले जनाएको छ। त्यस्तै युवा तर्फ प्रथम हुने टिमलाई नगद ३० हजार, दोस्रो हुनलाई २० हजार र सान्तोना स्वरुप मेडल र प्रमाणपत्र दिइने छ। त्यस्तै १९ बर्ष उमेर समुह तर्फ प्रथम हुनेलाई नगद २० हजार, दोस्रो हुनेलाई १५ हजार र सान्तोना स्वरुप दुई टिमलाई ५, ५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र दिईने छ। प्रतियोगितामा कृष्णपुरका १२ वटा सामुदायिक वनका टिमको सहभागीता रहेको थियो। खेलाडी उत्पादन का लागि कृष्णपुरले विद्यालय तह बाटै खेलकुद आयोजना गर्दै आएको कृष्णपुरका मेयर हेम राज ओझाले बताएका छन। आज आईतवार पनि निरन्तर खेल प्रतियोगिता सञ्चालनमा रहेको कृष्णपुर ०३ का वडा अध्यक्ष खेम राज चौधरीले बताएका छन्।

Facebook Comments Box