कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ३ देखतभुलिमा रहेको श्री समावेसी कटान सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा शनिबार देखि आयोजित १४ औ भेट्रान कप फुटबल प्रतियोगिताको आज दोस्रो दिनमा ६ खेल समापन गरिएको छ।
आजको पहिलो खेलमा भेट्रान तर्फ एकता/प्रगतिशिल सामुदायिक वन र महाकाली सामुदायिक वन बीच भएको खेलमा (१-१) को बराबरी मा खेल समापान भएको थियो। दोस्रो युवा तर्फको खेलमा ग्वासी समैजी र झलिमिली/विरेन्द्र आदर्श वीच ग्वासीले ० गोलका विरुद्ध ४ गोल गर्दै जित हासिल गरेको छ।

तेस्रो यु-१९ खेल ग्वासी समैजी र हरियाली वीच हुने भएको तर ग्वासी समैजी टिम अनुपस्थित हुदा हरियालीले स्वत जित हासिल गरेको छ। चौथो युवा तर्फको खेल मा हरियाली सामुदायिक वन र गडविजुला सामुदायिक वीच भएकोमा टिम गड्विजुलाले पेनाल्टी मार्फत २ गोलका विरुद्ध ४ गोल गर्दै जित हासिल गरेको हो।
पाचौं यु-१९ तर्फको खेल एकता प्रगतिशिली’ए’ र बनदेवी सामुदायिक बीच भएकोमा १ गोलका विरुद्ध २ गोल गर्दै बनदेवी टिमले जित हासिल पारेको छ। त्यस्तै आजको अन्तिम भेट्रान तर्फको खेलमा उग्रतारा र जनहित बीच भएकोमा १ गोलका विरुद्ध २ गोल गर्दै बिजेता बनेको छ। भेट्रान समूह तर्फ लिग, युवा र यु-१९ तर्फ नकाउट नियमका साथ प्रतियोगितामा खेल खेलाईदै छ। प्रतियोगितामा भोलि पनि खेल विहान ७ बजे देखि खेल सञ्चालन गरिने आयोजकले जनाएको छ।