कञ्चनपुर: नेपाल रानाथारु समाजको ७ औं महाधिवेशनलाई एक समुहले बहिष्कार गर्दै नेपाल रानाथारु समाजको कैलाली-कंचनपुरको केन्द्रिय समानान्तर समितीका अध्यक्ष रबि राना सहित१७ जनाको कार्यसमितिति गठन भएको छ ।
नियम अनुसार निर्वाचनको लागि असोज २४ गते निर्वाचन मण्डललाई नयाँ आजिवन सदस्यलाई स्वीकार नगर्ने भनेर जानकारी गराएका थियौ तर अन्तिममा ३० गते निर्वाचन हुनु भन्दा पहिले नयाँ सदस्यको नाम थप गरेका हुन । यहि कुरामा बिरोध हुदा समेत कार्तिक ३ गते निर्वाचन गराएका थिए । निर्वाचन हुनुभन्दा पहिले हामीले निर्वाचनलाई पत्रकार सम्मेलन गरि बहिष्कार गरी जानकारी गराएका थियौ यती हुदा पनि जबरजस्ती एकतर्फी चुनाब गराएको भनेर रबि रानाले बताएका हुन ।
विधान विपरित निर्वाचन अधिकृत तोकिएको । विधानको उद्देश्य विपरित समाजलाई एकत्रीत गरी राजनितीको रंग नदिने गरी कार्य सञ्चालन गर्नु पर्नेमा समाजका सदस्यलाई नै विखण्डन गराउन खोजेको । संस्था नविकरण नभई अधिविशेन गराई निर्वाचन गराएको । वार्षिक रुपमा सधारण सभा नगराएको र नियमित संस्थाको बैठक नबसेको । संस्थाको रकम बेरुजु देखाएको रकममा महाधिवेशनलाई जानकरी नगराई आर्थिक लगायतका प्रतिवेदन परित नगरएको । नेपाल रानाथारु समाजको विधान परिच्छेद ४ को ४.४ नेपाल रानाथारु समाजको काम कर्तव्य र अधिकार अनुसार तर्फ ४.४ (छ) अनुसार समाज विपरित काम गरेमा समाज भित्र फुट ल्याउने गरी समाजलाई राजनितीमा प्रयोग गरेमा विधान अनुरुपमा कार्य नगेरेमा सदस्य हरुलाई निलम्बन गरी सधारण सभामा सिफरिस गर्ने समेत रहेकोले समाजका प्रतिनिधिहरु बन्दसत्रमा उठाउदा अटेर तथा जवरजस्ती अगाडी बढेको थियो भनेर असन्तुष्ट पक्षले जानकारी गरेका हुन ।
नेपाल रानाथारु समाजको कैलाली-कंचनपुरको केन्द्रिय समानान्तर समितीको कार्यसमितिको पदाधिकारीको नाम :-अध्यक्ष – रबि राना, उपाध्यक्ष – प्रेमवती राना, सुरेश बडायक, महासचिव – जगदिश राना, सचिव – रंजित राना, भजन लाल राना, कोषाध्यक्ष – पृथ्वी रानाथारु, सदस्य – गर्भु रानासदस्य – मुखलाल रानासदस्य – राजेन्द्र रानासदस्य – राम कुमार रानासदस्य – सेवनिया रानासदस्य – मनोहर रानासदस्य – मेघनाथ रानासदस्य – सिता रानासदस्य – कृष्णा कुमारी रानासदस्य – भागरथी राना।

नेपाल रानाथारु समाजको समानान्तर समिती आवश्यकता किन?
हाम्रो गौरबशाली संस्था नेपाल रानाथारु समाज कैलाली कञ्चनपुर को केन्द्रिय समितीको यहि मिती २०८१ असोज २४ गते देखि कर्तिक ३ गते सम्म सञ्चालन गरेको सातौं महाधिवेशनमा मिति २०८१ कर्तिक ३ गते बिधान बिपरित र निबर्तमान कार्यसमितिका बहुमत (सदस्य संख्या) पदाधिकारीहरुको फरक मत र बहिष्कार बीच केही ब्यक्ति र स्वार्थ समुहका लागि आफू निकटका ब्यक्ति निर्वाचन मण्डल र अधिकृत तोकि सम्पन्न गरि कमिटी गठन गर्नु संस्थाको बिधान बिपरित मात्रै नभइ लोकतान्त्रिक पद्धति र कानुनी राज्यको खिल्ली उडाएको छ तसर्थ देहाय बमोजिमका कारण र संस्था को मर्म अनुसार समाजलाइ एकताबद्ध गर्ने र संस्थालाई जिवन्त राख्ने उद्देश्यका साथ हामिले नेराथासको केन्द्रिय समानान्तर समिति गठन गरेका छौं ।
१) विधनको परिच्छेद २ मा उल्लेखित उद्देश्यका विपरित र विधानको दफा ४.४ नेपाल रानाथारु समाजको काम कर्तव्य र अधिकारमा उल्लेखित काम कर्तव्य अधिकारको विपरित हुने गरि जबरर्जास्ति रुपमा आफू निकट व्यक्ति हरुलाई पदधिकारी र सदस्य बनाउन गरीएको कार्य सर्वत्र निन्दनिय गैर कानुनी समेत भएकोले ।
२) विधानको धारा ४.५ मा नेपाल रानाथारु समाजको निर्वाचान सम्बन्धि व्यास्थामा ४.५ (क)मा १ महिना आगवै निवाचन अधिकृत तोक्नु पर्ने र निर्वाचन अधिकृत समेत समाजको सल्लहाकार व कार्यसमितीका पधिकारी व सदस्य मध्यबाट मात्र हुन र निर्वाचन गर्न पाउने व्यावस्था भएको सो समेत विपरित भएको हदा व्यक्तिलाई अधिकारीक रुपले जाऔ भनि भन्दा समेत नमानी दलगत स्वार्थ पुग्नेगरी ४०% ले मात्र जबरजस्ती गरी त्रुटीपुर्ण निवाचन कार्य सम्पन्न गराइएकोले ।
३) विधानको उदेश्य विर्पारत समाजलाई एकत्रीत गरी राजनितीको रग नदिने गरी कार्य सञ्चालन गर्नु पर्नेमा समाजका सदस्यलाई नै विखण्डन गराउन खोजेको ।
४) संस्था नविरकरण नभई अधिविशेन गराई निर्वाचन गराएको ।
५) वार्षिक रुपमा सधारण सभा नगरेको र नियमित संस्थाको बैठक समेत न बसेको ।
६) बिना निर्णय डेली रसिद न काटि मनमानी ढङ्गले आफना मातहातका मान्छेलाइमात्रै महाधिवेशनको दिन सम्म सदस्य दिएको र अधिबेशनको बन्दसत्र(२४ गते) विवाद हुँदा निर्वाचन मण्डलले नयाँ सदस्यलाई चुनावी प्रक्रियामा सहभागी नगराइ २०७६ भन्दा पुराना(२१६) जना आजिवन सदस्यलाई मात्रै सहभागी गराउने भनि मौखिक रुपमा अश्वासन दिइ २०८१/०६/३० गते हाम्रो उम्मेद्बारी लिइ अन्तमा केही ब्याक्ती र स्वार्थ समुहको दवावमा जालझेल पुर्ण तरिकाले चुनाव गराउन खोज्दा विवाद आएको र सो निर्वाचन प्रक्रिया नै बहिष्कार गरिएको एउटा स्वार्थ समुहले मात्रै अधिबेशनको ८ दिनपछि देखावटी जबर्जस्ति गरिएको चुनावबाट कमिटी गठन भएकाले ।
७) मतदाताहरुको अधिकारिकता छानबिन र उम्मेद्बारी माथी दाबी विरोध गर्दा पनि कुनै छलफल नगरी जबरजस्ती अटेर गरि निर्वाचन मण्डलले केही ब्यक्तिको दवाव वा स्वार्थ पुर्तिकालागि चुनावी प्रकृया आगडी बढाइ एकलौटी ढंगले चुनाव गराइ नयाँ कमिटी गठन गरेकाले ।
८) संस्थाको बिधानको ४.१(ङ) अनुसार अधिबेशन बि.सं. २०७९ मा गर्नुपर्ने वा ४.१(छ) अनुसार पनि २०८० भित्रै गर्नुपर्नेमा सोको प्रक्रिया समेत अगाडी नबढाइ जालझेल पुर्ण तरिकाले सोही समितिले चुनाव गराउनु बिधान बिपरित भएकाले ।
९) नेपाल रानाथारु समाजको बिधानको परिच्छेद २(क) अनुसार राजनितीक संग अलग रहनुपर्नेमा जालझेल पुर्ण/ बहिष्कार गरिएको/एकलौटी रुपमा गरिएको चुनावबाट हाल निर्वाचनमा धनगढी उमनपा का उप-प्रमुख नेकपा एमालेकी नेतृ कन्दकला कुमारी राना स्वयम (उपाध्यक्ष) त्यसै गरी जिल्ला कमिटी सदस्य अनेरास्ववियु, थारु विधार्थी राष्ट्रीय कमिटीका पूर्व अध्यक्ष समेत रहेको कमल सिंग राना (अध्यक्ष), यसै गरी हालको (उपाध्यक्ष) डिट्ठा राना २०७४ साल (ने.क.पा एमाले) बाट जिल्ला समन्वय समिती कंचनपुरका सदस्य रहेको, (सचिव) सहेब राना पूर्व वडा सदस्य एबं २०७९ मा वडा अध्यक्षका उमेदवार (ने. पा. एमाले) बाट र , त्यसैगरी सदस्य कृष्णपुर ३ का वडा अध्यक्ष को प्रतिस्प्रधि भजना राना (ने क.पा एमाले), सदस्य र रमिता बडायक राना ने.क.पा. एमाले बाट पूर्व उपमेयर (कृष्णपुर), लालमनी राना धनगढी नगर पालिका पूर्व वडा अध्यक्ष एमाले लगायत सम्पुर्ण पदाधिकारीहरु समेत एउटै दलका संगठित सदस्यहरु चुनिनु संस्थाको परिकल्पना र उद्देश्य बिपरित राजनैतिक संगठनको रुप दिदै गएको प्रष्ट भएकोले केही ब्यक्ति र दलगत स्वार्थ पुर्तिका लागि समाज नै दलगत रुपमा बिखण्डन गर्नेगरि गठन गरिएकोले सो प्रक्रिया नै बिधानको परिच्छेद ३.२ को खिलाप भइ समिती सदस्यता नै अन्त ठहरिन्छ सो को लागि कानुनी प्रक्रियामा अग्रसर भइ नेपालको प्रचलित कानुन बमोजिम सरकारका संबंधित निकायमा समेत प्रक्रिया अनुसार अगाडी बढीसकेकाले संस्थालाई जिवन्त राख्न र सिंङ्गो रानाथारु एकतालाई अझ मजबुतिका साथ अगाडी बढ्न समानान्तर समितिको आवस्यकता ठानेका छौं । संस्थाको मर्म र बिधान अनुरुप समाजिक एकता र सद्भावका लागि हामी कटिबद्ध छौं त्यसैले कसैको दबावमा नपरी सत्य तथ्य बूझी दलगत स्वार्थ र पुर्बाग्राह भन्दा माथी समाजिक एकता र समुदायको हक अधिकारको अवाज बुलन्द गर्दै आफ्नो मौलिकता सहित बर्तमान विश्व परिवेशका चुनौतीहरुको सामना गर्न सक्षम रास्ट्र निर्माणको लागि सम्पुर्ण स्वतन्त्र एबं न्यायप्रेमि जनसमुदाय, समाजसेवी, अगुवा बुद्धिजिबि, भलमन्सा लगायत सम्पुर्णसंग हातेमालो गर्दै संयुक्त रुपमा अगाडी बढ्नअव्हान गर्दछौं साथै फरक धारमा गएका नवनिर्बाचित पदाधिकारीहरुलाइ समेत समाजिक एकताको पक्षमा र बिधानको मर्म अनुरुप आत्मसमिक्षा/आत्मालोचना गर्दै सहकार्यको लागि समेत अव्हान गर्दछौं ।
-धन्यवाद
रबि राना
(नेराथास-केन्द्रीय समानान्तर समिति, कैलाली-कंचनपुर)