नरेश राना/रानाथारु डटकम
कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. १ विनबारी कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक (रामेश्वर) र उनकी श्रीमती ४३ वर्षीया कमला वडायकको हत्या गरिएको अवस्थामा शव फेला परेको कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीले जानकारी दिएका छन्।
शुक्रबार बिहान राना दम्पतीको शव आगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।