हाकिमलाई छैन खबर : कृष्णपुरका शाखा प्रमुख राना विदा नै नलिई भेट्रान फुटबलको उद्घोषणमा व्यस्त

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ३ देखतभुली स्थित समावेसी कटान सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा गत कार्तिक ३ गते देखि आयोजित १४ औ भेट्रान फुटबल प्रतियोगितामा कृष्णपुर नगरपालिकामा कार्यरत हेमलाल(हेमन्त) राना नगरपालिका का हाकिमलाई कुनै जानकारी नगरी विदा नै नलिएरै भेट्रान फुटबलको उद्घोषणमा व्यस्त रहेको भेटिएका छन्।

कृष्णपुर नगरपालिका गुलरिया लघुउद्यम विकास/सहकारी शाखा प्रमुखको जिम्मेवारी पाएका राना गत (७ दिन)एक साता यता नगरपालिका नगएको खुल्न आएको छ। सहायक पाचौं नायव सुब्बा हेमन्त रानालाई नगरपालिकाले लघुउद्यम/सहकारी शाखा प्रमुखको जिम्मेवारी दिएइको छ। सहकारी शाखा प्रमुख रानाले आफु विदा बस्ने बारे कुनै जानकारी नगराएको तर कृष्णपुर ३ का वडा अध्यक्ष खेम राज चौधरीले आफुलाई सम्पर्क गरेर भेट्रान फुटबलमा सहजीकरण हुन्छ पठाईदिनुस भनेको तर आफुले काजमा नपठाएको, वडा अध्यक्षले भनेर विदामा रहि उद्घोषण गरिरहेको हुनसक्ने कृष्णपुर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत हाकिम खगेन्द्र प्रसाद भट्टले बताएका छन्। वडा मा कर्मचारी हुदा हुँदै नगरपालिकाको शाखा प्रमुख जस्तो जिम्मेवार व्यक्ति लाई किन सामुदायिक वनको आयोजना रहेको कार्यक्रम मा उद्घोषण गर्न पठाएको भन्ने आम प्रश्नमा”हामीले पठाएका होइन्नौ, विदा बारे हेमन्तले हामीलाई कुनै सम्पर्क गरेका पनि छैनन तर वडा अध्यक्ष ले भनेकाले हामीले हुन्छ भनेका हौं” कृष्णपुरका हाकिम भट्टले बताए। विदा बारे लेखित अभिलेख देखाउनुस भन्दा लेखित छैन मौखिक जानकारी अध्यक्षले गराएका छन्, हाकिम भट्टले भने”। नगरपालिका का कर्मचारी कार्यालय समयमा विदा नै नलिएर अन्य काम गर्न मिल्छ हामीले सोध्यौ”; मिल्दैन, तर उनी नहुदा शाखाको सेवामा कुनै प्रभाव नपरेको शाखामै अन्य दुई जना कर्मचारी रहेको हाकिम भट्टले बताए। तर कृष्णपुरका कयौ नागरिक लघुउद्यम विकास/सहकारी सम्बन्धि समस्या,सेवा, परामर्श लिन दिनहु नगरपालिका आउने तर शाखा प्रमुख राना नहुदा फर्किने गरेको, राना आईतवार देखि एक साता यता नगरपालिका मै उपस्थित नभएको नगरपालिका स्रोतले जनाएको छ।

वडा अध्यक्षको मौखिम सिफारिसमा नगरपालिकाको शाखा प्रमुख स्तरको कर्मचारीलाई सामुदायिक वनको खेल प्रतियोगितामा विना विदा उद्घोषणमा व्यस्त राख्दा, जनसेवा प्रभावित भएको जनगुनासो छ। नगरपालिका लाई कुनै पनि जानकारी विना यसरी विदा बस्ने र निगरानी नगर्ने दुवै कर्मचारी/हाकिमको लापरबाही देखिएको छ। नगरपालिका का कर्मचारी नियमनको विषयमा आफ्नो लापरबाही कृष्णपुरका प्रमुख प्रशासकीय अधिकृत भट्टले स्वीकार गरेका छन्। अब उप्रान्त यी यस्ता विषयमा विशेष ध्यान दिने, नदोहोरिने हाकिम भट्टले बताए। भेट्रान फुटबल को समापन आज आईतवार कार्तिक ११ गते भएको छ। नगरपालिकाका कर्मचारी राना विना विदा लिएरै कार्तिक ४ गते आईतवार देखि कार्तिक ११ गते आईतवार सम्म कार्यालयमा उपस्थित नभई भेट्रानको उद्घोषण मै व्यस्त छन्। नगरपालिका मा कार्यरत शाखा प्रमुख (कर्मचारी) राना विना विदा स्वीकृत कार्यालय समयमा अन्यत्र काम गरि यातायात महङी भत्ता(TADA)को लाभ लिईरहेको स्रोतको दावी छ। स्रोतका अनुसार शाखा प्रमुख रानाले सामुदायिक वनको भेट्रान फुटबल प्रतियोगितामा उद्घोषण गरेबाफत २० देखि २५ हजार टिएडिए भत्ता को माग गरेको स्रोतले जनाएको छ। नगरपालिकामा कार्यरत कर्मचारी यसरी कार्यालय समयमा नागरिकको काम प्रभावित हुने गरि मनलाग्दी ढंगले अन्यत्र व्यस्त रहनु गलत भएको जनगुनासो छ। कृष्णपुर नगरपालिकामा कार्यरत शाखा प्रमुख राना कार्यालय समय मै यसरी नै विगतमा समेत विभिन्न खेलकुद प्रतियोगिता मा विदा नलिएरै उद्घोषणमा व्यस्त रहदै आएको आम गुनासो/आरोप छ। अब यी यस्ता नियम विपरीत मनलाग्दी नगरपालिका का कर्मचारी का कार्य र हाकिम का लापरबाही मा नियमन कस्ले गर्ने भन्ने आमचिन्ताको विषय बनेको छ। संबंधित शाखा कर्मचारी को काम के हो, त्यो बाहेक संस्थागत कार्यक्रम मै यसरी नगरपालिका का कर्मचारी मनलाग्दी गईरहने र नगरपालिका का हाकिमले गैरजिम्मेवार पुर्ण जवाफ दिन नियमन नगर्ने हो भने, जनता सधै अप्ठ्यारो मै पर्ने, एउटै काम का लागि दिनहु नगरपालिका आईरहनु पर्ने बाध्यता यथावत नै रहनेछ। जनताको काम गर्छु भनी जागिर खाएकाहरुले मनलाग्दी गर्न पाउने छुट, नियम कानुन भन्दा माथी हुने छुट छैन।

Facebook Comments Box