कञ्चनपुर: नेपाल राष्ट्रिय समाज कल्याण संघ(NNSWA) कञ्चनपुर को आयोजनामा सोमबार(कार्तिक १२) कृष्णपुर नगरपालिकामा नगरस्तरिय परियोजना प्रारम्भ परिचयात्मक बैठक कार्यक्रम सम्पन्न गरिएको हो। वल्ड भिजन ईनफ अभियान संगको सहयोग साझेदारी र कृष्णपुर नगरपालिका संगको समन्वय मा सञ्चालित परियोजनाको परिचात्मक कार्यक्रम सम्पन्न भएको छ। संस्थाका एच. आर मेनेजर विनोद विक्रम जैरु को अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा, कृष्णपुर नगरपालिका कि उप-नगरप्रमुख द्रोपती रानाको प्रमुख आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट विशिष्ट अतिथी, परियोजना संयोजक रामेश्वर जैरु, वल्ड भिजनका कञ्चनपुर संयोजक सुरज शर्मा, सूचना अधिकारी प्रेम बहादुर बोगटी, विभिन्न शाखाका प्रमुख, कर्मचारी, बाल बालिका क्लब का पदाधिकारी, सुरक्षा कर्मी सञ्चारकर्मी लगायतको उपस्थितिमा नगरपालिका को सभाहलमा कार्यकम समापन गरिएको हो।

त्यस पश्चात NNSWA कंचनपुरका परियोजना संयोजक रामेश्वर जैरुले आउने १ बर्ष २०८२ असोज सम्म कृष्णपुर नगरपालिकाको ५ वटामा सञ्चालन हुने २ वटा परियोजना क्रमश बाल संरक्षण तथा स्पोन्सरसीप र समावेशी गुणस्तरिय शिक्षा परियोजनाका गतिविधिहरुको बारेमा विस्तृत जानकारी दिएका थिए। जानकारी दिने क्रममा निजले परियोजना मार्फत समुदायमा स्पोन्सरसीपको कार्यहरु मुख्य रुपमा हुने, त्यस बाहेक बाल सरक्षण र ससक्तिकरण, बाल संरक्षण प्रणालीको सुदृढीकरण र स्थानिय बालमैत्री शासन प्रर्वधन मुख्य गतिविधिको रुपमा हुने बताए भने समावेशी शिक्षा परियोजनाले आधारभुत तहमा समावेशी शिक्षा लागु गर्न विद्यालयका शिक्षकहरुलाई तालिम दिने, विद्यालयमा सुरक्षित र समावेशी वातावरण निर्माणका लागि निति तथा कार्यक्रममा सहयोग र क्षमता अभिबृद्धि गर्ने, बालबालिकाको पढाई सीप अभिवृद्धिका लागि शिविर संचालन गर्ने, विद्यालय तथा स्थानिय सरकारको सामाजिक जवाफदेहिता अभिवृद्धि अन्र्तगत सामुदायिक विद्यालयको सेवा सुधारका लागि नागरिक आवज तथा कर्तव्य समुहद्धारा पैरवी गर्ने जस्ता कार्यहरु मुख्य रुपमा गर्ने बताए । यसैगरि वहाले प्रशासनिक खर्च बाहेक बाल संरक्षण तथा स्पोन्सरसीप परियोजना अन्तर्गत आउने १ बर्षमा रु ६,६६०,११२ र समावेशी गुणस्तरिय शिक्षा परियोजना मार्फत रु ९,०२६,३१६ गरि जम्मा रु १,५६,८६,३२८ (एक करोड छपन्नलाख छयासीहजार तिनसय अठ्ठाईस ) बजेट विनियोजन गरिएको बताएका छन्।


कार्यक्रममा NNSWA का एच आर मेनेजर विनोद विक्रम जैरुले परियोजनाको यो अन्तिम बर्ष रहेकाले कृष्णपुरमा थप उत्कृष्ट कार्यक्रम गरिने बालबालिका को क्षेत्रमा मा काम गरिने NNSWA ले 3D सिस्टममा काम गर्ने, पालिका संगको समन्वय मा परियोजना सफल पार्न , प्रभावकारी ढंगले काम गर्ने बताएका छन्।


