कञ्चनपुर: कृष्णपुरमा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ। बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आराेपमा कृष्णपुर नगरपालिका वडा नं. २ वाणी सरस्वती टोलका २४ वर्षीय सुनिल नेपाली `सिलु´लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शुक्रवार साझ बालिकालाई घर नजिकै नदी किनारस्थित नर्सरीमा लगेर नेपालीले करणीको प्रयास गरेको पीडितकाे आराेप छ।
पीडित बालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा अस्थाई प्रहरी पोष्ट वाणीबाट खटिएको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक उमेश प्रसाद जोशीले बताएका छ्न्। पक्राउ परेका नेपालीमाथि जवर्जस्ती करणी उद्योग सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताएका छ्न।
आफ्नी नाबालिका छोरीलाई जवर्जस्ती करणीको प्रयास गर्ने खोजेको, छोरी भागेर बच्न सफल भएकी हुन्। हामी त डराएका थियौ, छोरीको बयान र डाक्टरको मेडिकल रिपोर्ट अनुसार जबर्जस्ति नभई प्रयास देखिएको पिडित बालिकाका बुवा दिपक बाढीले बताएका छन्। यस्ता नाबालिक जबर्जस्ती गर्न खोज्ने व्यक्तिलाई कानुनी कार्वाही हुनुपर्ने, यस्ता विचार बोकेका व्यक्तिहरुबाट छोरीचेलीहरु असुरक्षित भएको, आज प्रयास गर्नेले भोलि करणी समेत गर्न सक्ने पिडितका बुवा दिपक बाढीले बताएका छन्।