कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणी ‘गडविजुला टोल’ स्थित श्री सिद्वनाथ बालज्योती आधारभूत विद्यालयको प्राङ्गणमा मछेली युवा क्लबको आयोजनामा चौथो संस्करणको मछेली कप खुल्ला पेनाल्टी सुटआउट प्रतियोगिता शनिबार सम्पन्न गरिएको छ।
कृष्णपुर नगरपालिका र २ नं. वडा कार्यालय संगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो। मछेली युवा क्लबका अध्यक्ष भुवन सिह धामीको सभा अध्यक्षतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो। कृष्णपुरका नगर प्रमुख हेम राज ओझा प्रमुख अतिथी, कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिह साउद विशिष्ट अतिथी, सिद्धनाथ बालज्योती विद्यालय व्यवस्थापन समिती अध्यक्ष तथा वडा सदस्य जित बहादुर चौधरी, प्रधानाध्यापक दिपक भण्डारी, समाजसेवी, खेलप्रेमी, खेलाडी लगायतको उपस्थितिमा प्रतियोगिता सम्पन्न गरिएको हो।
प्रतियोगितामा २४ टिम सहभागी थिए। जसमध्ये NYC FC वाणी विजेता बनेको छ। विजेता NYC ले नगद पुरस्कार २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको CYC FC कृष्णपुर-९ ले १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। NYC FC का बेष्ट गोलकिप्पर अजय चौधरी ले रु १५ सय नगद सहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेका छन्। CYC FV कानबेष्ट स्कोलर शिवनारायण चौधरी ले रु १५ सय नगद सहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेका छन्।
मछेली युवा क्लबले विगतमा पनि समाजिक हित हुने कार्य गरेको, खेलकुदका क्षेत्रमा समेत क्लबले राम्रै कार्यक्रम गर्दै आएको र यस्ता कार्यक्रम गर्ने समुहलाई वडाले समेत विशेष सहयोग गर्ने कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्। गडविजुला टोल विकास तर्फ पछि परेकाले नगरपालिकाले विशेष ध्यान दिनुपर्ने अध्यक्ष साउदले बताए। गडविजुला ताल संरक्षणमा नगरपालिकाले विशेष पहल गर्नुपर्ने अध्यक्ष साउदले बताए।
मछेली युवा क्लबले आयोजना गरेको पेनाल्टी सुटआउट आफुलाई एकदमै मन परेको, नगरपालिकाले कृष्णपुरका समाजिक कार्यमा आवद्ध युवाहरु साथ सहयोग गर्ने कृष्णपुरका नगर प्रमुख हेम राज ओझाले बताएका छन्।
खेल र खेलकुदले युवाहरुमा थप सकारात्मक उर्जा थप्ने मेयर ओझाले बताए। गडविजुला तालको विषयमा जिल्ला स्तरीय छलफल गरिएको, अब छिट्टै संरक्षणको थालनी गरिने नगर प्रमुख ओझाले बताएका छन्।
युवाहरूलाई खेलकुदमा व्यस्त र शारीरिक रुपमा स्वस्थ राख्नका लागि पेनाल्टी सुटआउट फुटबल आयोजना गरेको मछेली युवा क्लबका अध्यक्ष भुवन सिंह धामीले बताएका छन्। क्लबले खेलकुदका कार्यक्रमहरू अझै गर्दै निरन्तर आयोजना गर्दै जाने अध्यक्ष धामीले बताए। क्लबले सचेतना, सार्वजनिक स्थल सरसफाई कार्यक्रमहरु गर्दै आएको साथै अब खेलकुदको क्षेत्रमा क्लबले फरक कार्यक्रम आयोजना गर्ने क्लबका अध्यक्ष भुवन सिह धामीले बताएका छन्।
प्रतियोगिताको उद्घाटनमा स्वागत मन्तव्य क्लबका स-सचिव श्याम मल्लले राखेका थिए भने कार्यक्रम उद्घोषण क्लबका सल्लाहकार कमल प्रसाद कलौनी र सुरेन्द्र चौधरीले गरेका थिए।