विपन्न नागरिकका घरमा निशुल्क विद्युत जडान

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा न.२ बाणी मुक्त कमैया बस्ती गल्ली न.५ ऐरिया टोल स्थित आर्थिक रुपमा विपन्न नागरिक लबरु खुना को घरमा तिहारको उपलक्ष्यमा उज्यालो अभियान अन्तर्गत मुक्त कमैया ग्रामीण विद्युत सहकारी संस्थासंगको समन्वयमा वडा कार्यालय द्वारा नि:शुल्क विद्युत जडान गरिएको छ।

अहिलेसम्म कमजोर आर्थिक अवस्था का कारण घरमा विद्युत जडान गर्न नसकेकाले वडा कार्यालयको सहयोगमा खुनाको घरमा निशुल्क विद्युत लाईन जडान गरिएको कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्। मुक्त कमैया ग्रामीण विद्युत सहकारीले पनि आवश्यक सहयोग गरेकाले हामीले निशुल्क रुपमा आर्थिक विपन्न घर परिवारका लागि विद्युत जडान गरिएको अध्यक्ष साउदले बताएका छन्।

Facebook Comments Box