कञ्चनपुर: लालझाडी गाउँपालिका वडा न ३ पर्सियामा जंगली हात्तीले स्थानियका घर भत्काएका परिवारलाई पालिकाले राहत सामाग्री वितरण गरेको छ। हात्तीका कारण घर भत्किएका घरपरिवारलाई गाउँपालिका अध्यक्ष निर्मल रानाले राहत सामाग्री वितरण गरेका हुन्। सोमबार पालिका अध्यक्ष राना पिडित नागरिकहरुका घरमै पुगेर राहत सामाग्री वितरण गरेका हुन्।
आज देखि ससस्त्र प्रहरीको टोलिले वडा न ३ र ४ हात्ती प्रभावित क्षेत्रमा गस्ती गर्ने गाउँपालिका अध्यक्ष निर्मल रानाले बताएका छन्।