कृष्णपुरका किसान सडकमै तरकारी बेच्न बाध्य, कहिले बन्छ हाटबजार ?

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ बनहरा नदीमा बगरखेती गर्दै आएका स्थानीय किसानहरु आफुले उत्पादन गरेका बस्तु तर्भुजा, खर्भुजा, काक्रो, लौका, टमाटर, खुर्सानी आदि फलफुल र तरकारी बेचिरहेका छन् ।

सडक को छेउमै भएकाले पनि होला महेन्द्रनगर-अतरिया बाट ओहोरदोहोर गर्ने यात्रीहरु आफ्नो यातायात रोकेरै हामीले उत्पादन गरेका बस्तु किनेर खाने र लैजान एक जना किसानले बताएका छन् । तर किसानहरूले यसरी सडकमै व्यापार गर्दा भिडभाड बढ्ने र सडक दुर्घटना हुनसक्ने एकजना स्थानीयले बताएका छन् ।

मूल्य पनि राम्रै पाउने बताउँछन् किसानहरु तर स्थानीय किसानहरुले उत्पादन गरेका सामान बेच्ने उचित व्यवस्थापन सहितको हाटबजार/सब्जीमण्डी नभएको समस्या बताउँछन् बनहरा का सडक मै व्यापार गरिरहेका एकजना किसान, बनहरा नजिकै हाटबजार निर्माण भैइरहेको तर लामो समय देखि निर्माण सम्पन्न नहुदा आफुहरुले उत्पादन गरेको सामाग्री सडकको छेउमै बसेर बेच्नुपरेको किसानहरुको दुखेसो छ।

संबंधित निकायले चासो देखाए किसानहरु आफुले उत्पादन गरेका बस्तु व्यवस्थित ढंगले व्यापार गर्न सक्ने थिए यसरी सडक को डिलमा बसेर व्यापार गर्नुपर्ने बाध्यता हट्ने एकजना तर्भुजा खान रोकिएका यात्रीको भनाई रहेको थियो।

Facebook Comments Box