कञ्चनपुर: कृष्णपुर नगरपालिका कञ्चनपुरले सडक मानव व्यवस्थापनमा जोड दिईरहेको छ। नगरपालिकाले निरन्तर सडकमा देखिएका बेवारिसे मानसिक अस्वस्थता भएका मानिसहरुलाई उद्वार गरिरहेको छ। मानव सेवा आश्रम धनगढी र दृष्टि फाउन्डेसन धनगढी संगको समन्वयमा कृष्णपुर नगरपालिकाले सडकमा भेटिएका मानसिक रोगी मानिसहरुलाई उद्वार गर्दै आईरहेको छ।
एकबर्ष यता मात्रै कृष्णपुरले १२ जना भन्दा बढी मानसिक अस्वस्थता, सडक मानवहरुको उद्वार गरिसकेको छ भने कयौ व्यक्तिहरु मानसिक रुपमा सन्चो भएर पश्चात् आफ्नै घरपरिवारसंगै बसिरहेका छन्। नगरपालिकाले कृष्णपुर भेटिएका मानसिक रोगी महिला/पुरुष लाई नगरपालिका कै एम्बुलेन्स मा धनगढी मानव सेवा/दृष्टि फाउन्डेसम्म निशुल्क रुपमा पुर्याउने, उनिहरुको स्वास्थ्य उपचार,उचित हेरचाह गर्ने, ठिक भईसकेपछी घरपरिवारसंगको सम्पर्कमा घरपरिवारमै फर्किने गरेको नगर प्रमुख हेम राज ओझाले बताएका छन्।
सडकआश्रित मानवलाई स्वास्थ्य उपचार, संरक्षण र पारिवारिक पुर्नमिलन गराउने उद्देश्यले सडक आश्रित मानवको उद्दार सुरु गरेका हौ। सोमबार कृष्णपुर-२ वाणी बाट १ बेवारिसे (पुरुष) सडक मानवको उद्वार गरिएको कृष्णपुरका मेयर हेम राज ओझाले बताएका छन्। अझै निरन्तर सडकमा देखिएका बेवारिसे मानवलाई कृष्णपुरले निशुल्क उद्वार समेत गर्ने मेयर ओझाले बताएका छन्।