गणेश बिष्ट/कार्तिक २७
कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ बंकमा रहेको डायमण्ड ईङिलिस बोर्डिङ स्कुल बसको ठक्करले एक विद्यार्थी(बालक)को मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८ बर्षिया बालक अनमोल कुँवर हाल कृष्णपुर-२ ओखलफाटा स्थित मामाघरमा बसेर डायमण्ड स्कुलमा कक्षा १ मा पढ्दै आएको अध्ययनरत विद्यालयको बसको ठक्करले मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले विद्यार्थीलाई स्कुलबाट घर पुर्याउने क्रममा बालकलाई ओराल्दा घर नजिकै कृष्णपुर नगरपालिका २ बंकको डाईमण्ड ईङलिस बोडिङ्ग स्कुल को ना ३ ख ८१४६ नम्बर बसको ठक्करबाट सोही विद्यालय कक्षा १ मा अध्ययनरत बालक कुँवरको मृत्यु भएको बताएका छन्।
सोमबार साँझ कुँवर सहितका विद्यार्थी ओराल्दा बस अघि बढ्दा पछाडीको टायरको ठक्करले कुँवर घाईते भएका थिए। चालक र सहचालकको लापरबाहीले विद्यार्थीको दुर्घटना भएको र दुर्घटना भएर घाईते भएका विद्यार्थीको कृष्णपुर-२ स्थित वाणी हस्पिटल मा उपचारका लागि लगिएको थियो थप उपचारका लागि बालकलाई भारतको ईभिए अस्पतालमा उपचारका क्रममा स्कुलकै लापरबाहीले गर्दा बालकको मृत्यु भएको बालकका आफन्तले बताएका छन्।

आफन्तले चरम लापरबाही मापदण्ड विपरित विद्यालय बस संचालन भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन। मृतकका आफन्त एव स्थानीयहरुले मंगलबार दिउँसो विद्यालय घेराउ गर्दै विद्यालयका सामाग्रीमा आगजनी, तोडफोड गर्दै आन्दोलन गरेका थिए। विद्यालय प्रशासन जिम्मेबार नभएको भन्दै आक्रोशित आफन्त स्थानीयहरुले विद्यालय घेराउ गरेर आन्दोलन गरेका थिए। अभिभावक र स्थानीय आन्दोलित हुदा समेत विद्यालयका सञ्चालकहरु सम्पर्क विहिन रहदा आन्दोलनले झनै ठूलो रुप लिएको थियो।
विद्यालयको गम्भीर लापरबाहीका कारण बालकको मृत्यु भएको मृतकका मामा मिलन बिष्टले बताएका छन्। उक्त घटना बारे छानबिन गरी कानुन बमोजिम कार्वाही गर्ने कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताएका छन्। कञ्चनपुर जिल्ला प्रहरी प्रमुख कृष्णपुरका नगर प्रमुख, वडा अध्यक्ष, पिडित परिवारका आफन्त, स्थानीय र विद्यालय सञ्चालकहरु बीच झलारी स्थित ईलाका प्रहरी कार्यालयमा उचित छानवीन र क्षतिपूर्ति का लागि छलफल हुने गरि आन्दोलन स्थगित गरिएको छ।