कृष्णपुरको डायमण्ड स्कुल प्रकरण : प्रिन्सिपल सहितका ६ जनाका नाममा किटानी

कञ्चनपुर: आफ्नै स्कुल बसको ठक्करले मृत्यु भएका विद्यार्थी अनमोल कुँवरको घर परिवार परिवारले ६ जना बिरुद्धका किटानी जाहेरी दिएका छन । बुधबार ईलाका प्रहरी कार्यालय झलारीमा सवारी ज्यान कसुरमा बस चालकदेखि प्रिन्सिपल, विद्यालयका सञ्चालक, अध्यक्षका नाममा किटानी जाहेरी दिएका हुन।

मृतक अनमोलका मामा शेर बहादुर विष्टले भान्जाको चरम लार्पबाहीले जानीजानी ज्यान गएको बताए। उनका अनुसार बाबु टेक बहादुर कुँवरले स्कुल बस चालक धन बहादुर विष्ट, सह चालिका, विद्यालय व्यववस्थापन समितिका अध्यक्ष जय नारायण जोशी, प्रिन्सिपल लाल बहादुर धामी, विद्यालयका संस्थापक लोकराज पन्त, एम्बुलेक्स चालक अर्जुन बोहरा बिरुद्धमा किटानी दिएको छ। किटानी जाहेरीमा सह चालक महिलाको नाम भने खुलाएको छैन।

भारतको ब्याङलोरमा कार्यरत मृतक अनमोलका बाबु टेक बहादुर कुँवरले दिएको जाहेरीमा घटनाको घरपरिवार पक्षलाई जानकारी समेत नदिएको भारत लखनउको अस्पताल ईवा उपचारका लागि भर्ना गरेपछि मात्रै जानकारी गराएको उल्लेख गरेका छन।

ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज झलक प्रशाद शर्माले बालकको घर परिवारबाट आएको किटानी प्रकृयामा रहेको बताए। उनले बालक पक्षबाट किटानी जाहेरी आएको प्रहरीले प्रकृयामा अघि बढाएको बताए। बालकका घर परिवार आफन्तले घटना हुँदादेखि उपचारसम्मै विद्यालय एव संचालक समितिको चरम लार्पबाहीले घाईते बालकले ज्यान गुमाउनु परेको भन्दै दोषि सबैमाथि छानबिन गरेर कार्बाहीको माग अघि सारेका छन। मामा शेर बहादुर विष्टले घटना हुँदादेखि उपचारका लागि समेत चरम लार्पबाही भएकाले चालक धन बहादुर विष्ट भएपनि सो दिन अन्यले गाडी चलाएकै कारण घटना भएकाले उक्त पनि छानबिन हुनुपर्ने माग अघि सारेका छन। विष्ट देखाएर अन्य मानिसले चलाएकाले आफुहरुलाई उक्त षड्यन्त्र मान्य नहुने बताए। ‘विद्यालय संचालक समिति प्रशासनले समेत चरम लार्पबाही गरेकाले हामीले अबोध बालक गुमाएका छौँ, ‘उनले भने, ‘यो त दुर्घटना नभई हत्या हो, घटनामा संलग्न सबैमाथि छानबिन गरेर कार्बाही गर्नुपर्छ।’

आफै अध्ययनरत विद्यालयको बसको ठक्करले कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८ बर्षिया बालक अनमोल कुँवरको बसको ठक्करले मृत्यु भएको थियो।
विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा ओखलफाटा स्थित कृष्णपुर नगरपालिका २ बंकको डाईमण्ड ईङलिस बोडिङ्ग स्कुलको ना ३ ख ८१४६ नम्बर बसको ठक्करबाट सोही विद्यालयका बालक कुँवरको मृत्यु भएको थियो । कुँवर बंक स्थित मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका थिए।

मंगलबार बालकका आफन्त एव अन्य विद्यार्थीले विद्यालय पदाधिकारी, प्रशासन जिम्मेबार नभएको भन्दै आक्र्रोसित स्थानीयले विद्यालय घेराउ गरेर विदालयमा आगजनी एव आन्दोलन गरेका थिए। बालकको मृत्युपछि विद्यालय दुईदिनदेखि तनावग्रस्थ छ। विद्यालयमा सुरक्षाकर्मीले सुरक्षा दिईरहेका छन। उक्त घटना बारे कञ्चनपुर प्रहरीले छानबिन भईरहेको जनाएको छ।

घटना पछि कृष्णपुरका मेयर हेमराज ओझा , कृष्णपुर २का वडाध्यक्ष अर्जुन सिह साउद सहितका जनप्रतिनिधीले विद्यालय, पीडित पक्षसंग छलफल गर्दै समस्याको निकासका लागि पहल गरेका छन। सरोकारवालाले सयमित भएर घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही गर्दै अव उपरान्त यस्ता घटना दोहोरिन नदिन आग्रह गरिएको छ। घटना घटेको दुईदिनसम्म विद्यालयले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

Facebook Comments Box