दार्चुला: दार्चुलामा जीप दुर्घटना हुँदा थप एकसहित सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन्।
दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो।
मृतक मध्ये एकजनाको परिचय अहिलेसम्म नखुलेकोे प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए। मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको म १ ज ३३८ नम्बरको जीप मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको बेला शुक्रवार बिहान ४ बजे महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो। घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
यस्तै दुर्घटनामा घाइते हुनेमा शैल्येशिखर नगरपालिका—५ वस्ने वर्ष ८ का सन्दिप रावल,मालिकार्जुन गाउपालिका–८ पस्तीका २८ वर्षिय जिप चालका सुनिल जोशी, भारतको पिलिभितका १७ र्वािय सुोनी शाह,भारतको विगनौर मुवारकपुर वस्ने वर्ष ४५का मोहमद सखिर, पुर्चौडी नगरपालिका–४ का ३५ वर्षिय उत्तम रोकाया,शैल्येशिखर नगरपालिकाकी मिना लेखक र ठेगाना नखुलेका प्रकाश रावल रहेका प्रहरीले जनाएको छ ।