लालझाडीमा जंगली हात्तीका कारण सृजना भएको समस्या र समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनिल ऐर(लालझाडी)

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिकामा जंगली हात्तीका कारण सृजना भएको समस्या र त्यसको समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभाअध्यक्षता अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ प्रमुख अतिथी, विशिष्ट अतिथिमा जिल्ला समन्वय समिती प्रमुख दुर्गादत्त बोहरा, गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, कञ्चनपुर सहायक जिल्ला अधिकारी पर्शुराम पोखरेल, कञ्चनपुर जिल्ला प्रहरी प्रमुख चक्रराज जोशी, जिल्ला ससस्त्र प्रहरी प्रमुख खगेन्द्र बहादुर चन्द, डिभिजन वन कार्यालय प्रमुख रामविचारी ठाकुर, शुक्लाफाटा निकुञ्ज प्रमुख वाडेन मनोज शाह, ईलाका प्रहरी बेलौरी प्रमुख भास्कर बहादुर चन्द, लालझाडीका निवर्तमान अध्यक्ष मदन सिह बडायक, वडा नं. ४ का वडा अध्यक्ष बहादुर राना, वडा नं. १, ३ र ६ का वडा अध्यक्ष, कार्यापालिका सदस्य, वडा सदस्य, कर्मचारी, स्थानीय, समाजसेवी हात्ती पिडित परिवार लगायतको उपस्थिति रहेको थियो।

शुक्रबार कार्यक्रममा हात्ती प्रभावित क्षेत्रका नागरिकहरुसंग सरोकारवालाहरुको अन्तरक्रिया सुझाव संकलन र रोकथाम सम्बन्धि छलफल गरिएको हो। हात्तीले गर्दा लालझाडीमा २ जनाको ज्यान गएको, ५ घरमा क्षती गरेको, ४० हेक्टर जमिनमा लगाएको उखु खेती नष्ट गरेको स्थानीयहरुले बताएका छन्। जसको रोकथामका लागि लालझाडीमा सरोकारवालाहरुले कि त सुरक्षा दिनुपर्ने नभए, हात्तीसंग आफै लडने अवस्था आएको बताएका छन्। रोकथामका लागि हाई मास्क लाईट, टर्च लाईट, मेस वायर जडान आवश्यक रहेको बताएका छन्।

लालझाडीमा एकातिर दोदा नदीले गर्दा कटानीको समस्या रहेको साथमा बन्यजन्तुले गर्दा झनै समस्या भएको स्थानियहरुको गुनासो छ। अन्तरक्रिया कार्यक्रम पछि सरोकारवालाहरुले लालझाडीमा हात्तीले गर्दा भएको क्षतीको स्थलगत निरिक्षण गरेका थिए। जंगली हात्तीको आतंक रोकथामका लागि आफुहरु लागिपर्ने सरोकारवालाहरुको प्रतिबद्धता रहेको छ। समस्या यथावत रहेको आन्दोलन गर्ने समेत लालझाडीका नागरिकले जनाएका छन्। अन्तरक्रिया कार्यक्रम लालझाडी-४ डाडाजाई वडा प्राङ्गणमा सम्पन्न गरिएको छ।

Facebook Comments Box