कृष्णपुरमा ली-बर्डको नीति संवाद कार्यक्रम सम्पन्न

गुलरिया: शुक्रबार कञ्चनपुरको कृष्णपुर नगरपालिका नगर कार्यापालिकाकाको कार्यालय गुलरिया सभाहलमा ली-बर्ड संस्थाको आयोजनामा जीविकोपार्जन सम्बन्धित नीति कार्यक्रम तथा सयन्त्रहरुको समीक्षा सम्पन्न गरिएको छ। शुक्रवार आयोजित कार्यक्रममा कृष्णपुरका प्रमुख हेम राज ओझाको प्रमुख अतिथी, उप-प्रमुख द्रोपती राना विशिष्ट अतिथी, वडा नं. १ का वडा अध्यक्ष मोहन बहादुर बस्नेत, ४ का वडा अध्यक्ष धर्म बहादुर सिह, ५ का वडा अध्यक्ष टेक पाण्डेय, ९ का वडा अध्यक्ष कैलाश बलायर, कृष्णपुरका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट, पशु शाखा प्रमुख मान बहादुर के.सी, कृषि शाखा प्रमुख लाल बहादुर धामी, विपद फोकल पर्सन प्रेम बोगटी, एकल महिला, अपाङ्ग, मुक्त कमैया नागरिकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा ली-बर्डले कृष्णपुरमा गरिरहेका गतिविधि र आगामी योजना बारे सक्षम परियोजना संयोजक ईन्द्रश्वर मण्डलले प्रस्तुतीकरण गरेका थिए। संवाद कार्यक्रमको संञ्चालन दिव्या जोशीले गरेकी थिईन।
जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय तह ली-बर्ड द्वारा सञ्चालित समानुपातिक जीविकोपार्जन का लागि साना कृषकहरूको क्षमता अभिवृद्धि सक्षम परियोजना कञ्चनपुर(कृष्णपुर,लालझाडी) र डोटी (जोरायल) गरि ३ पालिकामा सञ्चालन रहेको छ। परियोजनाको सीमान्तकृत र जलवायु जोखिममा परेका परिवारको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्य रहेको परियोजना संयोजक मण्डलले बताएका छन्।

परियोजनाले जलवायु परिवर्तन विपत जोखिम न्यूनीकरण कृषि खाद्य सुरक्षा तथा पोषण सम्बन्धी नीति रणनीति दिशानिर्देश कार्यक्रम र बजेटको समीक्षा र विश्लेषण गर्ने सहयोग गरेको छ। संवाद कार्यक्रममा अध्ययन पद्धति अध्ययनका प्रमुख अवलोकन र निष्कर्षहरू, योजना प्रक्रियामा गरिब तथा विपन्न समुदायको न्यून सहभागीता, स्थानीय सरकारका जनशक्ति र कृषिको माग अनुसार सेवा अभाव, सरकारी नीतिहरू प्रभावकारी रूपमा स्थानीयकरण र कार्यान्वयन नहुनु, विपत जोखिम न्यूनीकरण कोषमा पहुँचका लागि लामो प्रक्रिया, केन्द्रीकृत सशर्त संघीय बजेट एकाधिकार प्रणालीको अभाव, सरकारी अनुदान तथा सेवाका लागि लामो औपचारिक प्रक्रिया बाजो जग्गाको समस्या मुक्त हलिया मुद्दा मुख्य समस्या देखिएका प्रतिवेदनले जनाएको छ।

कार्यक्रममा स्थानीय सरकारले पालिकाको सात चरण योजना तर्जुमा प्रक्रिया सहभागी हुन समुदायलाई प्रोत्साहन गर्नुपर्ने कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रममा एकरुपता प्रणाली लागू गर्नुपर्ने, तिनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रममा गरिब तथा सीमागरी समुदायलाई प्राथमिकता दिनुपर्ने लगायत सुझाव प्रस्तुत भएका थिए। सक्षम परियोजनाले कृष्णपुरका किसानलाई जीविकोपार्जन मा सहयोग गरेको प्रयोजना संयोजक मण्डलले बताएका छन्। परियोजनाले आगामी वर्ष गाउँखेतीमा रिसर्च जाडोमा हुने धान खेती, विपद व्यवस्थापनका लागि रिसर्च र रिस्क्यु सामग्री उपलब्ध गराउने, ट्रली बेस्ट इरिगेसन सिस्टम परिक्षण लगायतका कार्यक्रम गर्ने ली-वर्डले जनाएको छ।

कृष्णपुरमा ली-वर्डले उत्कृष्ट काम गरिरहेको, नगरपालिका बाट हुने साथ सहयोग सदैव रहने नगर उप-प्रमुख द्रोपती रानाले बताएकि छिन्।

Facebook Comments Box