कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ४ स्थित कृष्णपुर खानेपानी स्किम नं. १ योजना विगत ११ बर्ष देखि अलपत्र रहेको स्थानीय बासिन्दाहरुको गुनासो रहेको छ। २०७० मा स्थापन गरिएको खानेपानी हाल सम्म पनि उपभोक्ताले खानेपानीको सुविधा नपाएको गुनासो गरिरहेका छन्।
करिव २ हजार बढी उपभोक्ता रहेको उक्त खानेपानी पुर्ण रुपमा विस्तार नहुदा स्थानीयहरुले सास्ती खेप्नुपरेको, शुद्ध खानेपानीबाट बन्चित भएको उपभोक्ता समितिको लापरबाही देखिएको, समयमा उपभोक्ता भेला नहुदा समस्या देखिएको कृष्णपुर ४ का स्थानिय उपभोक्ता भक्त बहादुर खडकाले बताएका छ्न्। केही दिन यता समाजिक सञ्जालमा समेत स्थानीयहरुको व्यापक जनगुनासो देखिएको छ।
उपभोक्ता समिती र वडा कार्यालयको लाचारीपनका कारण खानेपानीको सुविधा नागरिकले नपाएको स्थानीयहरुको गुनासो छ। सरोकारवालाहरु विकास भन्दा नि बजेट कुम्ल्याउनमा व्यस्त देखिएकाले यस्तो अवस्था आएको साथै तुरुन्त आमभेला राखी आयव्यय समेत छानबिन गरि नयाँ कार्यसमिति चयन गरेर जनतालाई खानेपानीको व्यवस्था मिलाउनुपर्ने भन्दै आफ्नो समाजिक सञ्जाल मार्फत स्थानिय दीपक राज भट्टले आलोचना गरेका छन्।
कृष्णपुर-४ मा खानेपानी योजना आउदा हामी निकै खुशी थियौ तर विगत ११ बर्षदेखी खानेपानी योजना अलपत्र छ। खानेपानी धारा जडानको काम अझै बाकी नै छ। टोल/प्रत्येक घरधुरी बाट मैले १ हजारका दरले ४२ हजार रकम उपभोक्ता समितिलाई बुझाएको छु तर अझै पनि खानेपानीको सुविधा बाट स्थानिय बन्चित नै छन्। आय-व्यय, खर्च, अनुदान, सबै कुराको पारदर्शिता देखिएको छैन, अध्यक्षले फोन नि उठाउदैनन उठाएपछी पनि बिरामी छु भनेर भन्छन्। नागरिकको प्रत्यक्ष जीवन संग जोडिएको खानेपानी सुधारु नहुदा धेरै समस्या छ। मौवाफाटा, कोईरालभुजिया लगायतका ठाउहरुमा शुद्व खानेपानीको समस्याले बर्सेनि हैजा हुने समस्या देखा पर्छ, गर्मीमा धारामा पानी आउदैन, अप्ठ्यारो हुन्छ, स्थानीयको जिवनमाथी खेलवाड भएको छ। स्थानीय सरकारले पनि आवश्यक चासो दिएको देखिदैन स्थानीय खेम राज भट्टले बताएका छन्।
त्यस्तै खानेपानी कृष्णपुर ४ का जनताका लागि अतिनै आवश्यक विषय हो, खानेपानी नहुदा स्थानीय निकै समस्यामा छन्। हामीले पटक पटक भेला राख्नुस, बजेट अभाव भए बजेट व्यवस्थापन का लागि पहल गरौ भनेकै छौ, तर उपभोक्ता समितिको कमिकमजोरीले खानेपानीको समस्या देखापरेको हो, मेरो सम्पर्क भएको छैन, ढिला चाहिँ भयो, खानेपानीको सुविधा यथाशीघ्र जनताले पाउनुपर्छ भन्ने हाम्रो माग हो स्थानिय पुरन खडकाले बताएका छन्।
हामीले काम गरेका छौं, टंकि बनाएका छौ, पाईपलाईन विस्तार गरेका छौ, अब धारा जडान गर्न मात्रै बाकी छ, त्यो नि छिट्टै गर्छौ, बजेट अभावका कारणले काम गर्न सकिरहेका छैनौ, अनियमितता भन्ने विषय केही नि छैन, वडा नगरमा बार्षिक अडिट रिपोर्ट बुझाएकै छौ, हिजो मंसिर -१ आमभेला गर्ने भनेका हौ तर मेरो आँखा मा समस्या देखिएकाले उपचार गर्नुपर्ने भएकाले आमभेला हुन सकेन, अब आउने शनिवार सम्म जसरी नि आमभेला गरि जनतामाझ सबै कुरा सार्वजनिक गर्ने योजना छ, वडा कार्यालय संग समन्वय गरि अघि बढ्छौ, जनतालाई खानेपानीको सुविधा दिने हाम्रो पनि सोच हो तर समस्या बजेट अभाव नै हो: कृष्णपुर-४ खानेपानी स्किम न १ का अध्यक्ष जगत कुवँरले बताएका छन्।
हालको समितिले काम गर्न नसकेको र आमभेला मार्फत नयाँ समिति चयन हुनुपर्ने भन्दै वडा कार्यालयलाई स्थानीयहरुको दबाव समेत रहेको स्थानीयहरुले बताएका छन्। खानेपानीको ढिलासुस्ती किन? कहिले पाउँछन् वडा बासीले खानेपानीको सुविधा, कृष्णपुर-४ वडा कार्यालयको धारणा के हो? भन्ने प्रश्न सहित वडा अध्यक्षको जवाफ ई.एन नेपाल अनलाईन मिडियामा छिट्टै प्रकाशीत/प्रसारण हुनेछ। सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ। स्थानियले सक्दो छिटो शुद्ध खानेपानीको सुविधा पाउनुपर्छ।