कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ६ बसन्तपुरको वडा कार्यालय गत मंगलबार कृष्णपुरका मेयर हेम राज ओझाले उद्घाटन गरेका हुन्। निर्माणकार्य पुर्ण रुपमा सम्पन्न भइसकेपछि वडा नं. ६ का वडा अध्यक्ष बाबुराम चौधरीको अध्यक्षतमा संञ्चालन भएको उद्घाटन कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा प्रमुख अतिथी रहेका थिए।
त्यसैगरी कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्राेपती राना,कृष्णपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कैलाश बलायर विशिष्ट अतिथि रहेका थिए। अतिथिमा कृष्णपुर ६ का वडा सदस्य चक्रबहादुर रैकाल, सदस्य रमेश डगौरा, आसमती राजवंशी, स्वयंमसेवीका कलावती बाेगटी, समाजसेवी बुद्धिजीवी सामुदायिक वनका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वयंसेवीका, शिक्षक, पत्रकार लगायतकाे उपस्थिति रहेकोे थियोे।
भवनमा हलसहित, प्रशासनिक कक्ष, वडाध्यक्ष कक्ष,दर्ता, चलानी, महिला, पुरुष शौचालय, बाताबरण मैत्री सभा हल आधुनिक भवन निर्माण गरिएको वडानम्बर ६ का वडाध्यक्ष बाबुराम चौधरीले बताए। अध्यक्ष चौधरीले आफ्नै वडा कार्यालय भवन निर्माण भएपछि दैनिक कार्य सञ्चालनमा सहज हुनुका साथै वडाको दैनिक प्रशासनिक काम चुस्तदुरुस्त हुने विश्वास व्यक्त गरेका थिए। चौधरीले विकासका पूर्वाधार निर्माण कार्यलाई तीव्रताकासाथ अगाडी बढाएको र वडाको शिक्षा, स्वास्थ्य, लगायतको भौतिक पूर्वाधार निर्माणलाई पनि तीव्रताका साथ बाताबरण मैत्री बनाएको बताए।
वडामा पनि भौतिक पुर्वाधार निर्माणसँगै जन अपेक्षा अनुसार विकास र सेवा सम्पादन गर्दै नगरपालिकालाई समृद्ध बनाउन आफू र आफ्नो टिम लागि परेको बताए। भवन निर्माण गर्नु मात्र ठुलो काम नभएर बनेका संरचनाहरुलाई जोगाउनु ठुलो कुरा भएको भन्दै नगरप्रमुख ओझाले स्थानियहरुले अव वडाको संरचनालाई जोगाएर राख्नु पर्ने बताएका थिए।
नगर उप–प्रमुख द्राेपती रानाले नगरका वडा कार्यालय भवनहरु निर्माण गर्न पाउँदा खुसी लागेको बताइन्। उनले भनिन् कृष्णपुर नगरपालिकामा व्यवस्थित वडा कार्यालय भवनहरु निर्माण भएका छन्, र वडा नम्बर ९ काे वडा कार्यालय पनि चाडै केही दिनभित्रै उद्घाटन गरिने बताइन्। साथै कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ।वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिइन्।
आ.व २०७८/७९ मा कैलाश राखी जे वि संग ठेक्का सम्झौता भई १ करोड ३५ लाखको लागतमा भवन निर्माण गरिएको वडाध्यक्ष बाबुराम चौधरीले जानकारी दिए। कार्यक्रमको स्वागत मन्तब्य वडा सदस्य चक्र बहादुर रैकालले गरेका थिए भने वडा अध्यक्ष बाबुराम चौधरीको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव लाेकराज पन्तले गरेका हुन।