कञ्चनपुरको बनरा पुल नजिक बस दुर्घटना, ३६ घाईते

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाटा ११ बनरा पुल नजिक जङ्गलमा यात्रु सवार बस दुर्घटना भएको छ। कैलालीको धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो।

दुर्घटनामा ३६ जना यात्रु भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताएका छन्। घाइतेहरुलाई उपचार पदमा अस्पताल अतरिया, निसर्ग र मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको छ भने घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको छ। ओभरट्यागका कारण बस दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। बस दुर्घटना भई विद्युत पोलमा ठोक्किदा, विद्युत पोलमा क्षती भई अहिले कृष्णपुरमा विद्युत अबरुद्ध भएको छ।

Facebook Comments Box