कञ्चनपुर: सु.प प्रदेश सरकार भौतिक पुर्वधार विकास मन्त्रालय भुमिगत जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय धनगढी कैलालीको आर्थिक सहयोगमा हरि कृष्ण जल उपभोक्ता समिती मार्फत कृष्णपुर-२ वाणीमा सिचाईका लागि डिप ट्युबवेल परियोजना निर्माण गरिएको छ। ४२ लाख ८६ हजार १ रुपैया लागतमा निर्माण गरिएको सिचाई योजनाले गर्दा ६० विघा जमिनमा स्थानीयहरुले सर्वसुलभ सिचाईको सुविधा पाउनेभएका छन्।
शनिवार उक्त सिचाई योजनाको कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पुर्व सिचाई, परराष्ट्र मन्त्री नेपाली काङ्ग्रेस का नेता एन.पि साउदले उद्घाटन गरेका हुन। कार्यक्रममा प्रमुख अतिथी एन पि साउद, विशिष्ट अतिथि प्रदेश आर्थिक मामिला मन्त्री बहादुर थापा, पुर्व प्रदेश सभा सदस्य महेश दत्त जोशी, वडा सदस्य जित बहादुर चौधरी, भुमिगत सिचाईका इन्जिनियर विजेन्द्र भट्ट, लेखापाल प्रेम राज जोशी, काङ्ग्रेस नेता सिद्वराज जोशी मदन भट्ट लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति देखिएको थियो।
उद्घाटनमा समितिका सदस्य मनोज बिष्टले आय-व्यय प्रस्तुत गरेका थिए। आ.व ७९/८० र ८०/८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो। कृष्णपुरका स्थानीयहरुले सिचाई योजनाले गर्दा अब सिचाई सुविधा पाउने वडा सदस्य जित बहादुर चौधरीले बताएका छ्न्।
स्थानीय किसानहरुलाई सिचाई योजनाले गर्दा कृषिमा सहज हुने, सर्वसुलभ मुल्यमा सिचाईको सुविधा पाउने, धेरै स्थानिय लाभान्वित हुने, सरकारले कृषि क्षेत्रमा गरेको लगानीले स्थानीयहरुलाई फाईदा हुने पुर्व प्रदेश सभा सदस्य महेश दत्त जोशीले बताएका छ्न।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर थापाले भने”: सिचाई योजना निर्माण हुनु एकदमै खुशीको कुरा हो, कृष्णपुर-२ वाणीका किसानहरुले अब सिचाईको सुविधा पाउने छन, हर्षित छु, अझै सिचाई योजना विस्तारका लागि बजेट व्यवस्थापनका निम्ति मेरो पहल रहनेछ।
त्यस्तै प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य पुर्व सिचाई परराष्ट्र मन्त्री एन.पि साउदले भने”: अझै सरकारले कृषि लगानी गर्ने जरुरी छ। युवाहरुले पनि कृषि लाई पनि व्यवसाय का रुपमा प्रतिफल दिने माध्यम का रुपमा सुरुवात गर्नुपर्छ। परम्परागत कृषि भन्दा आधुनिक कृषि मा जोड दिन सके कृषि मै क्रान्ति गर्न सकिने साथै सिचाइ कृषि क्षेत्रका लागि आफ्नो पहलमा हुने सकिने प्रत्येक सहयोग बजेट व्यवस्थापन का निम्ति सरकार लाई ध्यानाकर्षण गराउने प्रतिबद्धता गर्दछु।
कृष्णपुर-२ मा सिचाई योजना निर्माण हुदा आफू र स्थानीय निकै हर्षित देखिएको अब सिचाई सुविधामा एकदमै सहज हुने उद्घाटन सभापति तथा उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर पार्कीले बताएका छन्। सिचाईको सुविधा थपिदा स्थानीय बासी निकै हर्षित देखिएका थिए। उद्घाटन कार्यक्रमको सञ्चालन नेवि संघ कञ्चनपुर जिल्ला सचिव दिनेश भट्टले गरेका थिए।